फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
576.   बन्चरो प्रहारबाट दम्पतिको हत्या
577.   विपि संस्कृतमा लागेको ताला अझै खुलेन
578.   रिक्त रहेको पदपुर्ति गर्न प्रतिबद्धता
579.   ने.वि संघ सोलुखुम्बुमा दुईजना अध्यक्ष
580.   खुम्बु विजुली कम्पनीको बिद्युत सेवा तीन महिनाका लागी बन्द हुने
581.   दुई दिने अनुशिक्षण तालिम सुरु
582.   ने.वि संघको छुटाछुटै स्थानमा अधिवेशन
583.   वाकुमा पानीको खडेरी
584.   अंग्रेजी भाषाको कक्षा सञ्चालन
585.   जि.वि .समा फेरि ताला लगाउने निर्णय
586.   रा.प्र.पा नेपालको अध्यक्षमा दाहाल
587.   लोकसेवा प्रति आर्कषण बढ्दो
588.   राष्ट्रिय वाणिजय बैंकको शाखा नेचामा
589.   विद्युत कम्पनीको सेवा फेरी अवरुद्ध
590.   उभौलीको अवसरमा विविध कार्यक्रम
591.   जलबिद्युतको रकम ठगी गर्ने व्यक्ति जेल चलान
592.   खुम्बुका किरॉतीहरुले मनाए उभौली
593.   सोलुखुम्बुमा बुद्ध जयन्ती बिभिन्न कार्यक्रम गरि मनाईदै ।
594.   भेषभुषा र संस्कृति राष्ट्रको सम्पति ः राई
595.   सहकारी संघ व्यवहार परीवर्तणका लागी स्थापना भएको उप्रेती
596.   नेपाल विद्यार्थी संघ सोलुखुम्बुको अधिवेशन हुदैं
597.   उभौली पर्व धुमधामका साथ मनाइदैं
598.   युवाहरु विदेशिए सँगै रेमिट्यान्समा वृद्धि
599.   पेसाको हकहित र सुरक्षाका लागी गोलबन्द्ध हुनुपर्ने डा. मर्हजन
600.   जिल्ला विकास समितीको कार्यलयमा लागेको ताला खुल्यो
Results 2134: You are at page 24 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics