फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
601.   सामुदायिक बन उपभोक्ता महासंघ सोलुखुम्बुको पाँचौं अधिवेशन
602.   सगरमाथाको हिमपहिरो पीडितलाई क्यानडाबाट आर्थिक सहयोग
603.   मौसम खराबिका कारण लुक्लाको ४३ उडान रद्ध
604.   तीन दिन देखि खुम्बुमा अलपत्र हेलिकप्टरको उद्धार
605.   जिल्ला विकास समितीको कार्यलयमा तालाबन्दी
606.   युवा विदेशिने क्रम दिनदिनै बढ्दो
607.   बुढेसकालमा पुर्खेउली पेशालाई चुनौती
608.   टासी थोंङमोन गुम्बा जुन्बेशीमा कन्ग्युर र तेन्ग्युर पाठ
609.   पछिल्लो समयमा अस्पतालमा बिरामीको सङ्ख्या बढ्दो
610.   बालिका बलत्कारको समस्या बढ्दै
611.   सामुहिक बचतले ऋणमा सहज
612.   दरबन्दी अनुसार कर्मचारी नहुदा कमजोर बन्दै पशुसेवा
613.   बाल सरोकार सम्बन्धी अन्र्तक्रिया
614.   इन्टरनेट नहुदाँ सेवाग्राही मारमा
615.   आठ राजनितिक दलले बुझाए ज्ञापनपत्र
616.   नाम्चेमा सञ्चालित ३ दिने निशुल्क अर्थोपेडिक शिबिर सम्पन्न
617.   जनसेवा नि.मा.वि. सानोगुमेलाको स्वार्ण जयन्ति जेठ १५,१६ र १७ गते
618.   लुक्ला सम्म कार्गो गर्न प्रयोग गरिँदै आएको विमानस्थल बन्द
619.   ए.नेकपा माओवादीको कार्य समितीमा समाबेशी प्रतिनिधत्व भएको दाबी
620.   विद्यालयलाई आर्थिक सहयोग प्राप्त
621.   नेले देखी काठमाडौ यातायात सञ्चालनमा
622.   कोशीपारीका गा.वि.सलाई धानेन खाद्यको चामलले
623.   शताब्दीकै ठूलो दुर्घटनाबाट सरकारले पाठ सिक्ला ?
624.   पर्यटन मन्त्रिसहितको टोलि सगरमाथा आधारशिविरमा
625.   सगरमाथामा हिमपहिरो, जल वायु परिवर्तनको असर या दुभाग्य (भिडियो)
Results 2134: You are at page 25 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics