फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
651.   छात्रावृत्ति वितरण कार्यक्रम सम्पन्न
652.   तल्लो सोलु जलविद्युत् आयोजनालाई उत्पादन अनुमति
653.   जिमी राईको नेतृत्वमा पुन यस बहादुर राई
654.   एस.एल सी परिक्षा आज सकियो
655.   सातौँ राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा
656.   फोनिजको पहलमा वरिष्ठ पत्रकार गुरुङको उपचारार्थ सहयोग रकम संकलन शुरु
657.   भकाञ्जे जिल्लाको आठौं खुल्ला दिशामुक्त गा.वि.स घोषित
658.   सोलुखुम्बुमा एस.एल सी परिक्षा शान्तीपुर्ण रुपमा चल्दै
659.   २२ औं विश्व पानी दिवश विविध कार्यक्रम गरी मनाइयो
660.   टाप्टिङ ८ जुकेका स्थानीयले बिजुली बाल्न पाउने
661.   टेलिकमले ल्याण्डलाइन सेवा विस्तार गर्दै
662.   उद्योग वाणिज्य संघ सोलुखुम्बुको भवन शिल्यानास
663.   कृषिको कार्यक्रम विस्तारमा सञ्चार माध्यमको योगदानलाई कदर
664.   सगरमाथा आधार सिभिरमा पुजाआजा कार्य सम्पन्न
665.   खुम्बु क्षेत्रमा आएका नयाँ कर्मचारीहरुलाई स्वागत
666.   सोलुखुम्बुमा एस.एल.सी परिक्षाको तयारी तिव्र
667.   मृगौला पिडित शेर्पालाई आर्थिक सहयोग
668.   १५ दिन सोलुखुम्बु सदरमुकाम अन्धकारमय हुने
669.   पत्रकार महासंघ सोलुखुम्बुमा श्रेष्ठ
670.   टाक्सिन्दुको खारेखालामा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन
671.   केम्जे क्लबको ल्हप्सो तथा लोसार पिकनिक कार्यक्रम सम्पन्न
672.   १०४ औं अन्र्तराष्ट्रिय नारी दिवस विविध कार्यक्रमका साथ सम्पन्न
673.   सोलुखुम्बुको काँगेल गाबिस सातौं खुल्ला दिशामुक्त घोषित
674.   सडक गाउँ–गाउँमा पुगेपछि स्थानिय दंग
675.   १ महिने व्यक्तित्व विकास र अंग्रेजी भाषा तालिमको समापन
Results 2134: You are at page 27 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics