फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
676.   आइडियल सामुदायिक स्वास्थ्य केन्द्रलाई आर्थिक सहयोग
677.   सोलुखुम्बु जिल्लाको २२ औं जिल्ला परिषद् सम्पन्न
678.   ७० लाख बराबरको शैक्षिक सामाग्री प्रदान
679.   शर्पाको हत्यामा संलग्न अभियुक्तलाई आज सार्बजनिक
680.   पाँचौ खुम्बु लोसार कपको उपाधि नाम्चे युवा क्लबलाई
681.   किरात राई बिद्याथीको अन्र्तक्रिया
682.   फाक्दिङ हत्यकाण्डमा संलग्न तीन अभियुक्त पक्राउ
683.   जिल्ला कारागार शाखामा कैदी तथा बन्दीका लागी पुस्तकालय
684.   एकल नृत्य प्रतियोगिताको दोस्रो चरणका लागी ७७ प्रतियोगी छनोट
685.   जिल्लामा कृषि संचार समन्वय समिती गठन
686.   खाद्य सुरक्षा तथा पोषण सम्बन्धी अभिमुखिकरण तालिम
687.   लुम्साबासीलाई ब्रुनो बोसको साथ
688.   पहिलो एतिहासिक शेर्वी लोसर कार्यक्रम भब्यताका साथ सम्पन्न
689.   शेर्वी लोसार कार्यक्रम
690.   चिसोका कारण बिरामीको चाप बढ्दो
691.   किराँत विद्यार्थी संघको इकाइ पुर्नगठन गरीदैं
692.   भाषा, कला र सांस्कृतिको संरक्षणमा खुम्बु एफएम
693.   सोलुको कोशीपारी सडक पु¥याउन नयाँ डोजर पठाईने
694.   कोशीपारीका गा.वि.स मा सडक बिस्तार
695.   अंग्रेजी भाषा सिक्न सबै जनसमुदाय आकर्सित
696.   सगरमाथा अञ्चलस्तरीय स्टार डान्सर छनौटका लागि सल्लेरीमा अडिशन
697.   विदेसिने युवाहरुलाई किराँतीको चुनौती
698.   फाक्दिङमा पेस्तोल फेला पर्‍यो । पाँच जना पक्राउ
699.   दोस्रो अडिसनका लागी सल्लेरीमा २१, प्रतियोगी छनोट
700.   मृगौला रोगी राईलाई आर्थिक सहयोग प्राप्त
Results 2134: You are at page 28 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics