फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
701.   पहिलो पटक शेर्पा भाषामा “शेर्वी लोसार” कार्यक्रम हुदै
702.   अनिश्चित कालका लागि सोलुखुम्बु ठप्प हुदै (Photo and Video)
703.   संस्था नविकरण नहुदा राजस्व संकलनमा समस्या
704.   सल्लेरीमा गाडी तोडफोड
705.   किरात विद्यार्थी संघको सातौं राष्ट्रिय सम्मेलनको तयारी तिव्र
706.   फाक्दिङमा गोली, खै त सुरक्षा ?
707.   जिल्ला हुलाक कार्यलयको टेलिसेन्टर प्रभावकारी बन्दै
708.   फाक्दिङमा गोली चल्यो, एकको मृत्यु
709.   फोर्चेमा सन्चालित आईस क्लाइम्बिङ तालिम सम्पन्न
710.   पहिलो चरणको अडिसन कार्यक्रम सम्पन्न
711.   नेचाबेतघारीमा २४ घण्टे अखण्ड हरि सङ्कृतन कार्यक्रम
712.   खुम्जुङमा लेक लागेर एक जना चिनिया नागरिकको मृत्‍यु
713.   सुनकोशी मा बेलिब्रिज बन्यो, काठमाडौं-सोलु सिधा यातायात सन्चालन
714.   टाक्सिन्दु मा.वि.मा दुई कोठे नयाँ कार्यलय भवन निर्माण हुने ।
715.   गोली शेर्पा कम्यूनिटि न्युयोर्कद्दारा मृगौला रोगीलाई सहयोग
716.   जुनबेशीमा कूक तालिम सञ्चालन
717.   फोर्छेमा आईस क्लाइम्बिङ तालिम सन्चालन
718.   सुझाव लेखनमा सल्लेरीका नुतन श्रेष्ठ उत्कृष्ट
719.   पाँच करोडमा जिविस भवन बन्ने
720.   हिमपातका कारण सोलुखुम्बुको जनजिवन अस्तव्यस्त
721.   नेचा बेतघारी खुल्ला दिशामुक्त गा.वि.स घोषित
722.   काठमाडौँमा हल्का बर्षा , सोलुमा हिमपात
723.   ट्युसन पढ्नेको सदरमुकाम सल्लेरीमा चाप बढ्दो
724.   विदेश भन्दा व्यापार व्यवसाय बाट राम्रो आम्दानी लिदैं
725.   अज्ञात रोगका कारण भटाभट कुखुरा मर्न थालेपछि रोग पहिचान
Results 2134: You are at page 29 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics