फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
751.   एमाले सोलुखुम्बुले सोमबार केन्द्रलाई चाबी बुझाउने
752.   सोलुखुम्बुका एकै जनालाई पनि सभासद् नबनाएकोमा आपत्ति नै आपत्ति
753.   एमाले सोलु जिल्ला कार्य समितिबाट सामूहिक राजिनामा, एमाले सोलुखुम्बुले जारि गरेको विज्ञप्ति जस्ताको त्यस्तै
754.   सोलु बालकल्याण अनाथालय संस्थाको अन्र्तक्रिय कार्यक्रम सम्पन्न
755.   टाक्सिन्दुमा निर्माण भईरहेको ४५ फिटको स्तूपा निर्माण कार्य अन्तिम चरणमा
756.   मालवाहक ट्रयाक्टर दुर्घटना हुदा एकको मृत्यु
757.   सोलुखुम्बुको नेलेमा आधारभुत क्षमता अभिवृद्धि सम्बन्धी तालिम सुरु
758.   यातायातको व्यवश्थापन सम्बन्धी सरोकारवालाको बैठक भयो
759.   थुप्तेनछ्योलिङ गुम्बाका बृद्धबृद्धाहरुलाई ब्ल्यान्केट बितरण
760.   विदेश भन्दा व्यापार व्यवसाय प्यारो लाग्यो
761.   अखिल क्रान्तीकारीले बन्दको आह्रान, बन्द सफल भएको दाबी
762.   लगतार चिसोका कारण सोलुखम्बुको जनजिवन अस्तव्यास्त बन्दै, Photo Feature
763.   शिक्षकहरुको क्षमता अभिवृद्धि सम्बन्धी पूर्नताजकि तालिम सम्पन्न
764.   ठाडो कोशी झोलुङगे पुल मर्मत कार्य सम्पन्न
765.   नाम्चे गाउँ विकास समितिको २३औं गाउँ परिषद सम्पन्न
766.   बाक्लो हुस्सुले सोलुखुम्बुको जनजिवन प्रभावित बन्दै
767.   किराँत समुदायको उद्यौली धुमधामका साथ
768.   सबैले मिलेर गरे बौद्ध स्तुपाको पुर्ननिमार्ण
769.   खुम्बु क्लाम्बिङ सेन्टरद्वारा सन २०१४ कालागि पर्बतारोही प्रशिक्षार्थीहरुको नामावली प्रकाशित
770.   सोलुखुम्बुको नेलेमा एक महिला मृत फेला
771.   शिखर एफ.एम.को परीक्षण प्रसारण शुरु हुँदै
772.   दुर्गमताका कारण खोप दिन र स्वास्थ्य परिक्षणमा समस्या
773.   मंसिरमै स्याउको फुल फुल्न थाले
774.   वहुविवाह को मुद्धा दर्ता बढ्दो रुपमा
775.   स्थायी अध्यापन अनुमती पत्रको परीक्षा सकिदैं
Results 2134: You are at page 31 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics