फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
826.   आफ्नो जित सुनिश्चित रहेको दावी ः कज्र्याङ्ग
827.   लोकतन्त्रको एजेण्डा आफुसित मात्र भएको काँग्रेशको दाबी
828.   सल्लेरीमा कांग्रेसको चुनाबी सभा
829.   विभिन्न ठाउँमा देउसी भैलो सम्पन्न
830.   काँग्रेश उपसभापति रामचन्द्र पौडेल सोलुखुम्बु आउदैं
831.   आचार संहिता विपरीतको काम भएको भन्दै ध्यानाकर्षण
832.   चुनाबमय सोलुखुम्बु
833.   बिष सेवनवाट अधिकृत पाण्डेको मृत्यु
834.   सिम्रिकको उडानले लुक्लालाई राहत
835.   पाँच वर्षपछि सबै भन्दा बढी सयपत्री फूल
836.   सोलुखुम्बुमा ११ जना हार्ने निश्चित
837.   योङ्ग स्टारको साधारण सभा सम्पन्न
838.   विभिन्न ठाउँमा चुनावी आमसभा हुदैं
839.   संघियसमाजवादी पार्टीको चुनावी आमसभा सोताङ्गमा सम्पन्न
840.   विभिन्न दलको चुनावी आमसभा हुदैं
841.   दोसा् अधिवेशन सम्पन्न ,अध्यक्षमा चक्र बहादुर बस्नेत
842.   जनताको परिवर्तणको चाहाना सम्बोधन गर्ने शेर्पा
843.   संघियसमाजवादी पार्टीको आमसभा नेलेमा सम्पन्न
844.   एक बर्ष भित्र नयाँ संविधान जारी हुन्छ — प्रचण्ड
845.   प्रचण्ड सल्लेरी आउँदै
846.   अलैची बेचेर घरमा जस्ताको छानो
847.   संघियसमाजवादी पार्टीको आमसभा सम्पन्न
848.   विभिन्न पार्टीको चुनावी आमसभा हुदैं
849.   नेताहरु भोट माग्न गाउँगाउँमा
850.   अन्र्तक्रिया कार्यक्रम सम्पन्न
Results 2134: You are at page 34 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics