फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
901.   सोलुखुम्बुको खेलकुद विकासमा लगानी – युवराज लामा
902.   सोनाम छिरिङको चुनाबी अभियान
903.   प्रेस विज्ञप्तीको दोहोरी
904.   घरेलु तथा लैङ्गिक हिंसा सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न
905.   जिमी राईको १५ औं वार्षिक उत्सव विविध कार्यक्रमका साथ सम्पन्न
906.   सञ्चारकर्मी र नेपाल प्रहरी बिचको अन्र्तक्रिया सम्पन्न
907.   सोलुखुम्बु जिल्लामा आर्चरी (धनुवाण) खेल तालिम हुदैं
908.   १५ औं वार्षिक उत्सवको तयारी पुरा
909.   मुलिवा नाछिरिङको अध्यक्षतामा नयाँ कार्यसमिती गठन
910.   आसन्न दास्रो संविधानसभाकोे चुनावका लागी पत्रकार सम्मेलन
911.   अधिवेशनको तयारी तिव्र
912.   सोलुखुम्बुमा इन्टरनेट पटक पटक अवरुद्ध, सास्ती कहिले सम्म भोग्ने ?
913.   चन्दा बाकस खाल्डोमा परिणत
914.   नक्कली पेस्तोले देखाउँदै धम्क्याउने प्रहरी खोरमा
915.   विश्वकर्मा पुजा सोलुखुम्बुमा पनि
916.   चट्याङले ३ जना घाईते र ३ घरपालुवा जनावरको मृत्यु
917.   विजुली बलेपछि बाटो सहज
918.   पत्रकारिता तालिम सुरु
919.   जनचेतनात्मक कार्यक्रम सम्पन्न
920.   जिल्ला स्तरीय निर्वाचन सञ्चार प्रशिक्षण सुरु
921.   सोनाम छिरीङ शेर्पालाइ स्वतन्त्र उम्मेद्वार घोषणा
922.   स्याउको मुल्य २५ प्रतिशतले बृद्धि
923.   बन्दको कारण जनजिवन प्रभावित
924.   सोलुखुम्बुको टाप्टिङ्गमा एक युवतीमाथी बलात्कारको प्रयास
925.   सल्यान प्रहरी चौकीलाई निःशुल्क जग्गा
Results 2134: You are at page 37 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics