फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
951.   सोलुमा उम्मेदवार सिफारिस गर्न कांग्रेस एमालेलाई भयो गाह्रो
952.   मकालु बरुण राष्ट्रिय निकुञ्ज सरोकार समिति गठन
953.   प्लाष्टिक मुक्त गाविसको तयारी तिव्र
954.   उम्मेदवार सिफारिस गर्दै एमाले, कांग्रेसले भोलि गर्ने
955.   मौसमी खोल्सीबाट लाखौ आम्दानी
956.   सोलुखुम्बुमा सजिलै जित्ने ए. माओवादी बिश्लेषण
957.   नाम्चेका दलितहरु नेपाल सरकारको सुविधाबाट बञ्चित
958.   सोलुखुम्बुको विकास गर्न स्वतन्त्र नागरिक अभियान सोलुखुम्बुको गठन
959.   सगरमाथा आधार शिविर पुग्ने अन्तिम ट्रष्ट ब्रिज बगायो
960.   खेलाडि छनौटका लागि स्थानीय जनशक्ती परिचालन गरिने
961.   पुरै बजारमा अण्डा नहुदा बेकरी उत्पादनमा समस्या
962.   अत्याधुनिक इन्सिनेरेटरको प्रयोगले धुँवा निकै कम
963.   चर्को शुल्क तिरेर अंग्रेजी माध्यमबाट पढाई हुदैं नाम्चेमा
964.   नेकपा एमालेको इलाका न. ५ को इलाका भेला सम्पन्न
965.   छैटौं साधारण सभा सम्पन्न,अध्यक्षमा एकाकुमारी बस्नेत चयन
966.   युवा विदेशिने क्रम बढ्दै
967.   नागरिकता भन्दा राहदानी बनाउनेको सँख्या दुई गुण बढि
968.   गोराखानी सेवा समाजको दोस्रो बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा गेलु शेर्पा
969.   एमाओवादी सोलुखुम्बुद्धारा १० जना उम्मेद्धारको नाम सिफारिस,
970.   पिडितले नै गरे आपतकालिन कोष खडा
971.   ने. वि संघले विभिन्न क्षेत्रमा कार्यक्रम गर्दै
972.   सात दिनभित्र २४१ जनाले नाम दर्ता गरे
973.   आगोलागी पिडितलाई राहत रकम वितरण
974.   छात्रवृद्धि प्रदान कार्यक्रम सम्पन्न
975.   यात्रुहरु जोखिमपुर्ण यात्रा गर्दै
Results 2134: You are at page 39 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics