फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
76.   एक सातामा १२ सय पर्यटक
77.   ल्होत्से हिमालको आधार शिविर नजिकै शव फेला
78.   कुवा सुकेपछि खानेपानीको हाहाकार
79.   म बोल्दीन, काम गरेर देखाउछु : बलबहादुर केसी
80.   नयाँ वर्षको अवशरमा वक्तृत्वकला
81.   स्त्रीरोग सम्बन्धि शिविर सम्पन्न
82.   गाउमानै घुम्ती शिविर
83.   शेव्रु नाच प्रतियोगिता सम्पन्न
84.   जिल्लामा प्रतिनिधी मुलक सहभागिता नभएको गुनासो
85.   डा रेणुका थापालाई सम्मान
86.   सगरमाथा राष्ट्रिय निकुञ्जमा चोरी शिकारी न्युनिकरण
87.   औषधी अभाव
88.   पर्यटक घट्यो
89.   दरवन्दी नहुदा समस्या
90.   अनेम संघ क्रान्तीकारीको अध्यक्षमा अमृता राई
91.   ४३ परिक्षार्थीले एस एल सी परिक्षा दिन नपाउने
92.   काकु गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा
93.   फोहोरबाटै कन्टेनर निर्माण
94.   सोलुखुम्बुका निजी विद्यालय दार्जिलिङका शिक्षकको भर
95.   सोलुखुम्बुमा पहिलोपटक विद्युतीय बैंकिङ सेवा सुरु
96.   विजोग छ स्थानीय निकायको नीतिगत पालना
97.   ऋण खोजेर घर बनाउदै भुकम्प पिडित
98.   सगरमाथामा बाटो बनाउने आइसफल डाक्टरलाई समस्या
99.   सबै सरकारी कार्यालयको नागरिक वडा पत्र अव गाविसमा
100.   घुम्ती शिविर सम्पन्न
Results 2134: You are at page 4 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics