फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1001.   महिलाको सामुहिक बचतले ऋणमा सहज
1002.   हिमाल एफ एम रिले हुदै
1003.   खुम्बुमा जुवातास खेल्न र अवैद्य गरेलु मदिरा उत्पादनमा रोक
1004.   तामाखानी गाविसमा रहेको विद्यालयलाई सहयोग गर्न आयोजना गरेका समर डान्स पार्टी सम्पन्न
1005.   सगरमाथाको फेदमा पर्यटक प्रहरी पोष्ट
1006.   जनसेवा निमावि सानो गुमेलाले स्वर्ण महोत्सव मनाउने
1007.   खुम्बु मल्टिपर्पाेजकोअपेरेटिभको साधारण सभा सम्पन्न
1008.   सोलुखुम्बुमा उपभोग्य वस्तुको मूल्यमा मनपरी
1009.   झरीका कारण विद्युत क्षमता वृद्धिमा ढिलाइ
1010.   अधिकांश घरमा चर्पी छैन
1011.   सोलुखुम्बुको काँगेलमा एक महिलाद्धारा बीष सेवन गरि आत्महत्या
1012.   सुत्केरी गराउन हेलिकप्टर चार्टर
1013.   जील्ला अदालत सोलुखुम्बुमा फैसलाको संख्या बढे
1014.   कक्षा १ मा पढ्न दैनिक ४ घण्टा हिन्ड्नु पर्ने
1015.   श्रीमती खोज्न गएका श्रीमान् पनि बेपत्ता
1016.   सगरमाथा राष्ट्रिय निकुञ्जमा हेलीकप्टर उवतरण शुल्क बापत १५ लाख उठेपनि २३ लाख उठ्न बाँकी ।
1017.   हेलीकप्टरबाट ढुवानी, एक बोरा सिमेन्टको ८ देखी १० हजार सम्म
1018.   घोडा र नहुदा समस्या
1019.   फोटो खिच्न पैसा नहुँदा नेपाली बन्न पाएनन् एक सोलुका महिलाले
1020.   ३ दिनका लागि सल्लेरी अन्धकार
1021.   गुदेलका पहिरो पिडितलाई सल्लेरीमा राहत वितरण
1022.   राष्ट्रपतिलाई संघिय समाजवादी पार्टी सोलुखुम्बुको ज्ञापन पत्र
1023.   सोलुखुम्बुमा नयाँ डीएसपी
1024.   पाँच रुपैया केजी पनि आलु बेच्न गाह्रो
1025.   आदीवासी जनजाती युवा महासंघको अधिवेशन हुने
Results 2134: You are at page 41 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics