फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1076.   चौलाखर्क र बेनीमा भीरबाट लडेर दुई जनाको मृत्यु
1077.   फाप्लु विमान स्थल कालोपत्रेको काम प्रभावित
1078.   अधिकांश शिक्षकसँग विद्यालय पोशाक छैन
1079.   देउसाका मन बहादुरको हत्यामा संलग्न सबै प्रहरीको खोरमा, मुख्य योजनाकार याबेस
1080.   अपाङगता क्षमता बृद्धि सम्बन्धी सन्चालित तीन दिने तालिम सम्पन्न
1081.   पुर्व विद्यार्थीहरुद्वारा जुनबेशी मा.वि.लाई २२ हजार ८ सय ७६ डलर आर्थिक सहयोग
1082.   दुईदिने उद्घोषण तालिम सुरु
1083.   श्रद्धाञ्जली अर्पण तथा शोक पुस्तिकामा हस्ताक्षर संकलन
1084.   देउसा गाविसमा सार्वजानिक बहस कार्यक्रममा सम्पन्न
1085.   बालबालिकाहरु मा.वि.पढ्न बास नबसी नहुने
1086.   सोलुखुम्बुको राजस्व पारदर्शी हुने
1087.   सोलुखुम्बुबाट ५२ हजार ३ सय ५ जनाले मतदाता नामावलीमा नाम लेखाए
1088.   बिरेन्द्र ज्याति उ.मा.वि.का पूर्व प्रअद्धारा अक्षयकोष स्थापना
1089.   देउसाका मन बहादुर मृत भेटिए
1090.   नेकपा एमालेको जन परिचालन अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न
1091.   कोष तथा लेखा नियन्त्रण कार्यालय सोलुखुम्बुको भवन उट्घाटन
1092.   सोलुखुम्बुभित्र रातो नम्बर प्लेट भएका सवारीले अब यात्रु बोक्न नपाउने
1093.   ६ सय ५० वर्ष देखि मनाईदै आएको ढुम्जी पर्व आज बाट सुरु
1094.   पूर्व प्रहरी संगठन सोलुखुम्बुको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
1095.   बैदेशिक रोजगारमा जाने युवा युवतीलाई लक्षित गरी स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
1096.   सोलुखुम्बु शोक मग्न
1097.   दुर्घट्नामा परि ज्यान गुमाएका नाछिरीङ्लाई श्रद्धाञ्जली अर्पण
1098.   सोलुखुम्बु बाट काटमाण्डौ जादै गरेको जीप ओखलढुङामा दुर्घटना तीनको मृत्‍यु
1099.   नेले बिकासले एकाहा पुराण लगाएर एम्बुलेन्स हस्तानतरण गर्ने
1100.   सोताङ खुल्ला दिसामुक्त गाविस
Results 2134: You are at page 44 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics