फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1176.   जिल्ला पर्यटन कार्यालय स्थापना
1177.   सोलुखुम्बुमा पहिलो चरण घुम्ती शिविरमा सम्पन्न १,३४२ जनालाई नागरिकता
1178.   २१४० औ डुल ल्हो डुम्जि पर्व सुरु
1179.   मतदाता नामवली भन्दा व्यापारमा बढि चासो
1180.   महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जाल अभियान सोलुखुम्बुमा पनि
1181.   जिल्ला प्रशासन कार्यालयको दोस्रो चरणको कार्यक्रम आगामी ७ गतेबाट
1182.   हिउंमा चिप्लिएर रसियन नागरिकको मृत्यु
1183.   प्याराग्लाईडिङको क्रममा सोलुखुम्बुमा पर्यटक घाईते ,उपचारका लागी बिहानै काठमाडौ लगियो
1184.   हिमाल दर्शन क्याम्पसमा क्रान्तिकारी र नेबिसंघ बीच झपड
1185.   नेचामा सञ्चालित घुम्ति शिबिर अवधि एक दिन थपियो
1186.   लोखिम गाविस खुल्ला दिसा मुक्त क्षेत्र घोषणा
1187.   बि.बि.सी. साझा सवालको छायांकन सम्पन्न
1188.   खुम्जुङ र तेँग्बोचेमा घुम्ती शिबिर सम्पन्न
1189.   पूर्व प्रजिअ लगायत विभिन्न ब्यक्ति खुम्बु सम्मान २०१३ ले सम्मान गर्ने
1190.   मतान भत्कँदा सोलुखुम्बु नेचाबतासेका ७० वर्षीय मनजीत राईको मृत्यु
1191.   सल्यानमा घुम्ति शिबिर सम्पन्न
1192.   नाम्चेमा घुम्ति शिबिर सम्पन्न
1193.   सोलुखुम्बुमा पनि जेष्ठ नागरिक कल्याण समिती गठन गरिने
1194.   बाक्लो हुस्सुको कारण लुक्लामा हवाइ उडान हुन सकेन
1195.   बि.बि.सी साझा सवालको छायांकन फाप्लुमा
1196.   ह्वाइट हिल्स बोर्डिगं स्कुलको नयाँ भवन उदघाटन
1197.   छात्रावृत्रिकै भरमा पढाई खर्च
1198.   गाईवस्तु र मानिसलाई एउटै कुवाको पानी
1199.   अनेराष्ववियु सोलुखुम्बुले विधार्थी सहुलियतको माग गर्दै जिल्ला प्रमुख समक्ष ज्ञापनपत्र
1200.   बुद्ध जयन्तिको अवसरमा हिमालयन क्लब लुक्लाले विविध खेलकुद प्रतियोगिताको आयोजना गर्ने
Results 2134: You are at page 48 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics