फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1301.   सल्लेरीमा होटल ब्यबसायी अध्यक्षमा शेर्पा
1302.   प्रहरी चौकिलाई २२ लाख बराबरको जग्गा निशुल्क प्रदान
1303.   नेपाल शिक्षक संघ इकाई कमीटी वाकुको अध्यक्षमा मगर
1304.   सोलुखुमबुमा लेखा ब्यबस्थापन र सहकारी समन्धि तालिम सञ्चालन
1305.   हिमालमा होली
1306.   भिरबाट खसेर दिलबहादुरको मृत्यु
1307.   मृत अवस्थामा भेटिए ङिमा शेर्पा
1308.   धावनमार्ग निर्माणको लागि फाप्लु बिमान स्थल बन्द
1309.   सेभेन समिटले ल्यापटप सहित आर्थिक सहयोग
1310.   अनेरास्ववियू जिल्ला कमीटी सोलुखुम्बुद्धारा निशुल्क कोचिङ कक्षा सञ्चाल
1311.   सोलुखुम्बुमा जनचेतनात्मक कार्यक्रमका साथ १३२ औं क्षयरोग दिवस सम्पन्न
1312.   नेपाल रेडक्रस सोसाइटी उपशाखा सल्यानको तेस्रो साधारण सभा सम्पन्न
1313.   नेपाल महिला संघको सल्यान गाविसमा इकाई कमिटि गठन
1314.   सोलुखुम्बुमा पहिलो पटक घुवारहीत गाविस घोषणा
1315.   सेभेन समिट द्धारा ल्यापटप हस्तान्तरण कार्यक्रम हुने
1316.   बाक्लो हुस्सुका कारण आजका सबै हवाइ उडान रद्द
1317.   सोलुखुम्बुमा निर्वाचनको तयारी तिब्र
1318.   आफुले चाहे जस्तो घरको छानो नलगाउदा घरमा आगो लगाइदिए ७ लाख बराबरको छती
1319.   सोलुखुम्बु माथिल्लो क्षेत्रमा कार्टुन इन्धनको रूपमा प्रयोग
1320.   पसलको वोर्ड नहुदा ग्राहक अन्योलमा
1321.   सोलुखुम्बुमा औपचारिक कार्यक्रमको प्रबेशद्धारमा मदिरा सेवन गरि प्रबेश निषेध सुचना अनिबार्य राख्नु पर्ने
1322.   ट्रेकिङमा जोक्पेको प्रयोग बढ्न थालेपछि मजदुरलाई काम पाउन मुस्किल
1323.   दुईदिने अनुशिक्षण कार्यक्रममा चर्काचर्की
1324.   व्लड क्यान्सर भएकी मेन्दा ल्हमुलाई सहयोग गर्न सबैमा विनम्र हार्दिक अनुरोध
1325.   आज मार्च २२ सोलुखुम्बुमा पनि विभिध कार्यक्रम गरी पानी दिवश मनाउने
Results 2134: You are at page 53 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics