फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1351.   फाप्लु बिमान स्थल चैत्र ११ सम्म पुन सन्चालन हुने
1352.   सोलुखुम्बुको उतरपुर्वी कोशीपारीका आगुवाइहरूले जि.वि.स.मा ज्ञापन पत्र बुझाए
1353.   कृषकहरुको जीवनस्तर सुधारको लागि उच्च मुल्यका उत्पादन रोज्नु पर्छ:सीताराम कार्की
1354.   खच्चर तथा जोक्पे बाटोमा जथाभावी राख्दा खुम्बु क्षेत्रमा आवतजावतमा समस्या
1355.   शैक्षिक सुदृढिकरण सम्बन्धि तालिम सम्पन्न
1356.   सोलुखुम्बुको पञ्चन उप–स्वास्थ्य चौकिमा बिरामिको चाप बड्यो
1357.   श्रीमानद्धारा श्रीमतीको हत्य, हत्यरा फरार
1358.   सोलुखुम्बुमा मानव अधिकार र सवालको बारेमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न
1359.   जुन्बेशी मावि जुन्बेशीको स्वर्ण महोत्सवका लागि बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)
1360.   सोलुखुम्बुको नाम्चे ८ थामेमा रक क्लाईम्बिङ्ग तालिम शुरु
1361.   सोलुखुम्बुको पेल्माङ्मा जापानिज सखर खण्ड खेती
1362.   प्राचार्यलाई एक तोला सुनका साथ बिदाई
1363.   पर्यटकीय सिजनसंगै खुम्बु क्षेत्रमा मानिसहरुको चहलपहल सुरु
1364.   बासा गा.वि.स.को बाल क्लबहरु बीच अन्तरक्रीया कार्यक्रम सम्पन्न
1365.   नेपाल शिक्षक युनियन महिला विभाग द्धारा नारी दिवश भव्यताका साथ मनाउने तयारी
1366.   मौसम परिवर्तन सँगै बासा इलाका स्वास्थ्य चौकीमा बिरामीको चाप बढ्यो
1367.   सोलुखुम्बुको जिल्ला कारागार नाजुक अवस्थामा
1368.   समाज कल्यान परिषदका सहनिर्देसक मल्लिक द्वारा सोलुखुम्बुको विद्यालयमा अनुगमन
1369.   सोलुखुम्बुको फाप्लु बिमान स्थिल फाल्गुन २५ देखी बन्द हुने
1370.   स्रोत केन्द्र स्तरिय वित्तिय ब्यवस्थापना गोष्ठी सम्पन्न
1371.   भुपु विद्यार्थीद्यारा विद्यालयलाई सहयोग
1372.   लुक्लाका लागि सीता एअरले पुनः उडान सुरु गरयो
1373.   सोलु जिल्लाको जिल्ला स्तरीय परिक्षा तालिका सार्वजानिक
1374.   सोलु सल्लेरिमा आगलागी लाखौंको क्षती
1375.   नेपाल शिक्षक संघ सोलुको अध्यक्षमा लाल प्रसाद बास्तोला
Results 2134: You are at page 55 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics