फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1376.   हिमपात र हुस्सुका कारण अबरुद्ध उडान सुचारु
1377.   हिमाल र सोलु अबरुद्ध, जनजीवन कष्टकर विहानदेखि सुधार
1378.   लुक्लामा टेलिकमको सि.डि.एम.ए बि.टि.यस सञ्चालनमा
1379.   सोलु नेचाबेतघारि गाविसमा स्वस्थ्या तथा सरसरफाई सम्बन्धि तालिम सम्पन्न
1380.   सगरमाथा क्षेत्रमा लगातार हिमपात , प्राधिकरण भन्छ घाम नलागेमा उडान हुने सम्भावना कम छ
1381.   सगरमाथा क्षेत्रमा हिमपात तेन्जिङ हिलारी विमानस्थलको उडान समेत प्रभावित
1382.   लुक्लामा हत्या गरी फ्याकिएको अवस्थामा नवजात शिशुका शव भेटियो
1383.   सोलुको लोखिम गविसलाई खुलादिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी
1384.   पन्ध्र बर्षिया बालिकालाई जबरजस्ती करणी गर्ने युवक पक्राउ
1385.   भौगोलीक क्षेत्रले पछाडि परे पनि शिक्षा क्षेत्रले अगाडि छ सोलुखुम्बु:परमानन्द झा
1386.   काकुको एक विद्यालय सहित १२ घर परिवारलाई आर.आर.एन द्धारा खानेपानी वितरण
1387.   सोलुखुम्बुको बेनीमा रेम्बो ट्राउड माछा पालन शुरु
1388.   सोलुखुम्बु बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख उद्धब शर्मानै
1389.   केदार उच्च मा.वि.को ५२ औं बार्षिक उत्सब सम्पन्न
1390.   प्रहरीले ल्याएको २४ घण्टा नपुगी १० लाख जरिवाना बुझाएर छुटे ठगीका नाईके
1391.   सोलु जिल्लाका ७ वटा सहकारीले पाए स्वरोजगार कर्जा
1392.   पूर्वाञ्चल दृष्टिबिहिन साँस्कृतिक समुहको टोली सोलुखुम्बुमा
1393.   सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आगलागी
1394.   सोलुखुम्बु बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख दुई जना
1395.   फाप्लु विमास्थल, सिघ्र कालो पत्रे हुदै
1396.   भुमेस्थान नि.मा.वि नेचाको ५२ औं बार्षिक उत्सब सम्पन्न
1397.   पैदल हिँड्दा तीन घण्टा लाग्ने बाटो गाडी चढ्दा चार घन्टा
1398.   शिक्षा सेवा आयोग द्धारा खोलिएको गणित र विज्ञान विषयको विज्ञापन अन्योलमा
1399.   नेचामा भलिबल प्रतियोगीता शुरु
1400.   तरकारी बेचेर बिद्यालयलाई कम्प्युटर शिक्क्षा
Results 2134: You are at page 56 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics