फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
126.   सोलुखुम्बुको सदरमुकाममा दुग्धजन्य पदार्थको अभाव:हिउदमा भैसीले कम दुध दिने
127.   सल्लेरीमा हिउँ पर्यो, जनजीवन कष्टकर
128.   चौबिसै घण्टा उज्यालो नाम्चे बजार
129.   सोलुखुम्बुका भुकम्प पीडितले न्यानो कपडाका लागि अझै पाएनन् राहत रकम
130.   सोलुखुम्बु बहुमुखी क्याम्पस उच्च शिक्षा सुधार परियोजना कार्यक्रमका लागि छनोट
131.   जनताको संविधान जनताको माझ कार्यक्रम सोलुखुम्बुमा
132.   कर्मचारी छनोट प्रक्रिया प्रति स्वास्थ्यकर्मीको आपत्ती
133.   कुलुङ्गहरुले मनाए चाक्चाकुर
134.   नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना
135.   चौरिखर्क गाविसको २५औं गाँउ परिषद सम्पन्न
136.   बुङ जिल्लाको १४ औ खुल्ला दिशामुक्त क्षेत्र घोषणा
137.   सोलुखुम्बुका भूकम्पपीडित चिसोका कारण कष्टकर जीवन बिताउन बाध्य
138.   सोलुखोला जलविधुत आयोजना वर्षौयता अलपत्र
139.   सोलुखुम्बुका एकिकृत माओबादी नयाँ शक्ति निर्माणमा जुट्ने घोषणा
140.   सोलुखुम्बुको फाप्लु विमानस्थलमा मालवाहक गाडि प्रवेश नगराउन निर्देशन
141.   सोलुखुम्बु छेस्कामका रुद्र कुलुङलाई सहयोग
142.   सोलुखुम्बुको जम्फुटेदेखि पेमा छोलिङ् गुम्बासम्मको पदमार्गको उद्घाटन
143.   सोलुखुम्बुमा चिसोका कारण स्वास्थ्य समस्या बढ्दै
144.   द्येउसी भैलोबाट डेढ लाख संकलन, कुलुङ्गको उपचारार्थ खर्च गरिने
145.   रुद्र बचाउ अभियान उपसमिति, सोलुखम्बुद्वारा देउसे कार्यक्रम गरी रकम संकलन
146.   सोलुखुम्बुमा ग्यासट्राइटिसका बिरामी बढे
147.   पर्यटन प्रर्वद्धन गर्न मेरा पिकमा साङ्गीतिक कार्यक्रम सम्पन्न
148.   सोलुखुम्बुको सदरमुकाममा कार्गो उडान ठप्प
149.   कृषि विकास बैंक सल्लेरीले कृषकहरुलाई रकम लगानी
150.   लुक्लामा रेबिज विरुद्धको खोप कार्यक्रम सम्पन्न
Results 2134: You are at page 6 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics