फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1501.   लुक्लामा मानव अधिकारसम्बन्धि अन्तरक्रिया सम्पन्न
1502.   दुई विषय एबसेन, विद्यार्थी आक्रोशित, को हो दोषी ?
1503.   गरिबी निवारणका लागि ६ लाख सम्म लगानी, हरेक समुहमा सार्वजानिक सुनुवाई
1504.   जन जनजागृतिका विद्यार्थी बिरामी परेपछि विद्यालय नै बन्द
1505.   सोलुखुम्बुको टाक्सिन्दुमा स्तुपा निर्माण गरिने
1506.   नेतृत्व विकास र क्षमता अभिवृति सम्बन्धी शिक्षक तालिम शुरु
1507.   विद्यालय सुधारका लागि दुई डा.नाम्चेमा
1508.   विश्व एड्स दिवस अबसरमा सोलुखुम्बुमा रयल्ली सम्पन्न
1509.   खालिङ समुदयाको अग्रसरमा बाटो निर्माण
1510.   खुम्बु क्षेत्रमा पाँच दिन पछी मासु बिक्री गर्न ब्यापारिहरु वाध्य
1511.   धेउसीको रकमले बाटो मर्मत
1512.   महाकुलुङ पर्यटन महोत्सव हुने
1513.   रातको दश बजेपछि होटल ब्यवसाय सञ्चालन गर्न नपाइने, जुवातास खेल्न खेलाउनसमेत प्रतिबन्ध
1514.   लोडसेडिङले सल्लेरीमा झनै समस्या थपियो, नमस्ते मोबाइल सेवा प्रभाबित
1515.   गुदेल गाविस भवनमा पठनपाठन, विद्यालयमा कक्षाकोठाको अभाव
1516.   सोलुखुम्बुमा मङ्सिरमै फुल्यो स्याउ
1517.   हिमालयउच्च माबिको स्वर्ण महोत्सब सम्बन्धी छलफल कार्यक्रम सम्पन्न
1518.   पर्यटक हिड्ने बाटोमा खच्चरको भीड
1519.   नाम्चे खेप्ने भरियाको बदलिँदो जीवनशैली
1520.   हत्यारालाई करबाहीको माग
1521.   श्री काँकु मा.वि.भेडाचौंर, लोस्कु समन्वय कमिटी काठमाडौंले राजधानीमा तिहारको अवसरमा देउसी भैलो कार्यक्रम सम्पन्न ।
1522.   सोलुखुम्बु गार्मा–८ का ल्हाक्पा शेर्पा खेतीबाट मासिक ७० हजार कमाउँछन्
1523.   काँगेल बिमानस्थल नियमित संचालनको माग
1524.   सोलुखुम्बु ट्राइल २०१२ म्याराथुन सुरु
1525.   धारामा पानी नआएपछि छेस्कामका वासिन्दा कुवाको पानी पिउन बाध्य
Results 2134: You are at page 61 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics