फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1526.   देउसी भैलोबाट १५ लाखभन्दा बढी नगद संकलन
1527.   सोलुखुम्बु- शेर्पाहरुको आदिथलो
1528.   हुलाकद्धारा सञ्चालित टेलिसेण्टर प्रभावकारी भएन , सेवाग्राही नै नआएको गुनासो
1529.   देउसी भैलोबाट उठेको रकमले एम्बुलेन्स खरिद
1530.   पूर्व मन्त्री किराती साइकलमा
1531.   अबैध काठ र ओसार पोसार गर्ने प्रहरी नियन्त्रणमा
1532.   भालुको आक्रमणबाट ४ जना महिला घाईते
1533.   हिमालयन प्रोजेक्टद्धारा सोलुखुम्बुको बासामा महिला शसक्तिकरण सर्बेक्षण सम्पन्न
1534.   खम्बुवान कार्यकर्ता पक्राउ
1535.   चितुवाको छाला सहित पक्राउ
1536.   सल्लेरीमा फुटबल प्रतियोगिता सम्पन्न
1537.   आमालाप्चातर्फ जाने क्रममा लेक लागेर एक भरियाको मृत्यु
1538.   लुक्ला काठमाण्डौ टिकट पाउन मुस्किल, फर्कने बढी भएकोले समस्या
1539.   सल्लेरीमा मिनि म्याराथुन प्रतियोगिता सम्पन्न
1540.   सोलुखुम्बुका क्रिषकहरुका लागि पैसा नलाग्ने टोल फ्री नम्बर १६६०३८५२०००
1541.   नेचाको पुस्तकालयमा पाठकको अभाव
1542.   नेचामा दीप सांगितिक लहर २०६९ सम्पन्न
1543.   नेचामा झगडा हुँदा शिक्षकको मृत्‍यु
1544.   लोरेन्स नेपाल फ्रान्सद्धारा छात्रवृति वितरण
1545.   ६ महिनादेखि सिमा प्रशासन कार्यालय नाम्चे खुल्न सकेन
1546.   सोलुखुम्बुमा नागरिक्ता भन्दा राहादानी लिने बढी
1547.   बुङमा दक्ष स्वास्थ्यकर्मिको अभाव, समयमा उपचार् नहुँदा एक बालकको मृत्‍यु
1548.   खच्चडलाई खर बेचेर जस्ताको छानो
1549.   मानेरिम्डुले शान्तिको सन्देश दिन्छ¬धर्मगुरु लामा
1550.   बाँदर रुघ्न बारीमा बालबालिका, विद्यालय रित्तै
Results 2134: You are at page 62 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics