फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1576.   अरिङ्गालले टोक्दा सोताङमा दुई जनाको ज्यान गयो
1577.   सोलुखुम्बुको नेचामा कार्यरत प्रहरी जोडीको तिम्ल्याहा बच्चा
1578.   बिबादपछी चौलाखर्कमा भेला स्थगित
1579.   चौलाखर्कको जनसेवा निमाविमा तालाबन्दी
1580.   माओबादीलाई हेगमा मुद्धा चलाऊछौ : पहाडी
1581.   राजतन्त्रलाई हामी स्विकार गर्न सक्दैनौ: शेर्पा
1582.   शे.चि.ए.ए.को पहलमा काँकु माबीमा भवन निर्माण सम्पन्न
1583.   गुदेलमा बिद्यालय सेवालाई क्षेत्र प्लाष्टिक मुक्त क्षेत्र घोषणा
1584.   प्रहरीको भवन बन्दै गर्दा भत्कियो
1585.   गूदेललाई खुल्ला प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिने
1586.   प्रेस चौतारी सोलुखुम्बुको अध्यक्षमा नुतन
1587.   सोलुखुम्बुको छेस्काममा बालिका बलात्‍कृत
1588.   सोलुखुम्बुको काँकुमा खोलाले बगाउदा एक महिलाको मृत्‍यु
1589.   सोलुखुम्बुको सल्यानमा शिशुलाई जन्म दिई हत्या
1590.   अपडेटः सोलुखुम्बु देउसाका गदलमान राईको हत्या
1591.   सोलुखुम्बुको देउसामा एक व्यक्तिको हत्या
1592.   शिक्षक अभिभावक संघ पुर्नताजगी तालिम काकुमा सम्पन्न
1593.   सल्लेरिमा कुलुङ विद्यार्थीहरुद्वारा आपतकालिन कोषको स्थापना
1594.   छ बर्षपछि बिद्यालय ब्यवस्थापन उपसमिति गठन
1595.   छात्रा बलात्कार गर्ने माथि कार्वाहीको माग
1596.   सोलुखुम्बुको बुङमा प्रतिमिनेट १५० देखी २०० सम्म फोन सुल्क
1597.   सोलुको जुबुमा शिक्षक शिक्षिकाबिच अनैतिक सम्बन्ध, पठनपाठन ठप्प
1598.   अखिल क्रान्तिकारी सोलुखुम्बु जिल्ला सम्मेलन सम्पन्न
1599.   सोलुमा धर्मगुरुको पुनर्जन्मको कामना गर्दै प्रसाद र रकम बितरण
1600.   जिमी उत्थान समाज सोलु स्थानीय समितीको १४ औं बार्षिक उत्सव सम्पन्न
Results 2134: You are at page 64 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics