फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1626.   ७ बर्षमा पनि बिजुली बलेन सोलु नेचामा
1627.   सोलुखुम्बुमा पाठ्यपुस्तकको अभाव
1628.   प्रअद्वारा बिद्यालयको रकम भ्रष्टचार
1629.   सोलुखुम्बुको केही ठाउँमा सिडिएमएको कम्जोर सेवा
1630.   दुधकोशीदेखी नुन्थलासम्मको बाटोमर्मत कार्य सम्पन्न
1631.   काँगेलमा ३ महिनासम्म उडान नहुने
1632.   मोटर साइकल सिक्दा प्रअ घाइते
1633.   माझिहरु खेतबारिमा ब्यस्त हुन थाले
1634.   पहिरोले अन्धकार लुक्ला बजार
1635.   बागवानी केन्द्रमा मानिसको घुइचो
1636.   ८ हजार तिरेर पनि अँध्यारैमा वाकुका १०० घर
1637.   घरेलु उद्योग सञ्चालन गरे बिदेशिने क्रम रोकिन्छ:लुइटेल
1638.   आधा सरकारी कार्यालय भाडाका घरमा
1639.   सामुदायीक बनबाट उठेको रकमबाट बिजुली बत्ति
1640.   स्थापनाको मुल उद्देश्यमा सांस्कृतिक कार्यक्रम हुने
1641.   बिमानस्थलमा खटिएका प्रहरी पानी बोक्न वाध्य
1642.   ज.जा.उ.मा.वि.का विद्यार्थी 'मास हिस्टेरिया' रोगबाट संक्रमित
1643.   चित्राको छनामुनी पठनपाठन
1644.   अज्ञात रोगबाट ज. जा. उ. माबिका कैयौं विद्यार्थी अझै पीडित
1645.   जजाउमाविमा अनौठो रोग
1646.   बिषालु सागले चौरिखर्कमा ६ जना बिरामी
1647.   मानविय सेवामा रेडक्रस र सेना
1648.   कफि खेतीका लागि बुङ्गमा नर्सरी उत्पादन गर्ने
1649.   छेस्काम मा.बि.पहिरोको जोखिमा
1650.   बिकासको बजेट आन्दोलनको ऋण तिर्नमा खर्च
Results 2134: You are at page 66 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics