फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1651.   दुधकुण्ड मेलाका लागि उच्च व्यवस्थापन
1652.   सोलुखुम्बुको उडान सधैं जोखिममा (फोटो फिचर सहित)
1653.   जजाउमाविका केही विद्यार्थिहरु अज्ञात रोगबाट संक्रमित
1654.   दुर्लभ सालक सल्लेरिमा भेटियो
1655.   शेर्पामाथि कुट्पिट गर्ने समुह सबै पक्राउ
1656.   बिरामीहरुलाई सरसफाई सामग्री वितरण
1657.   पासाङमाथि कुटपिट, साथबाट ८ हजार रुपैँया हरायो
1658.   सोलु र ओखलढुंगाको सिमानामा साँघु निर्माण सम्पन्न
1659.   श्रीमतीको शव खोलामा भेटियो, श्रीमान् अझै बेपत्ता
1660.   सोलुमा कैदीको स्वास्थ्य परिक्षण
1661.   खोलाले बगाउंदा श्रीमतिको मृत्यु , श्रीमानलाई पनि बगाएको अनुमान
1662.   उत्कृष्ट उपभोक्ताहरु सम्मानित
1663.   तामाखानिमा बिजुलिको परिक्षण प्रसारण
1664.   स्वास्थ्य व्यवस्थापन र गाउँ शिक्षा समिति समिति गठन भएन
1665.   विजुलीको मर्मतसम्भार नभएपछि राप्छा बासीलाई सास्ती
1666.   बुद्ध मावि गोलिका ३० बिद्यार्थी एसएलसी पुरक परिक्षाबाट पनि बञ्चित
1667.   सोलुमा अझै टुकी बत्ती
1668.   बन अतिक्रमण बढ्दै सोलुखुम्बुमा
1669.   सोलुमा ३१ लाख बढी राजस्व संकलन
1670.   जिल्ला कारागार शाखा जिर्ण बन्दै, २ जना कैद मुक्त
1671.   जिल्ला अदालत सोलुखुम्बुमा ८२ प्रतिशत मुद्दाको फैसला
1672.   गाई मारेको कसुरमा २ जनालाई १२ बर्ष कैद
1673.   आज दशौ दिनमा आशिंक उडान , यात्रुलाई केहि राहत
1674.   सोलुखोलाले बगाएको घोडा र सामान अझै भेटिएन
1675.   ६२ अंकका साथ सोलुखुम्बु उत्तिर्ण: २० प्रतिशत थप अनुदान
Results 2134: You are at page 67 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics