फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1676.   तीन दिनमै १०० भन्दा बढी बिरामी
1677.   दुधकुण्डमा रेडक्रसको उद्धार टोलि
1678.   पाँच दिनदेखि सोलुको उडान अवरुद्ध,पर्यटक र बिरामी मर्कामा
1679.   सोलुखुम्बुको ढिकुरे खुला दिसा मुक्त क्षेत्र
1680.   पदेन सदस्यका भरमा सोलुखुम्बु जिल्ला शिक्षा समिति
1681.   सोलु एफएमले प्रसारण समय वृद्धि ग¥यो
1682.   सन्चारले नै संसार सांघुरो भएको हो: सिता प्रसाद
1683.   तेन्जिङ हिलारी विमानस्थलमा पाचौ दिनसम्म पनि उडान हुन सकेन
1684.   फाप्लुमा हावाइजहाज नउड्दा यात्रुहरु मारमा
1685.   सोलुखुम्बुमा जंगलि जनावरको बिगबिगी बढ्दै
1686.   सोलुखुम्बुको बाल शिक्षा तथा पिसिएफ कोटा बितरण निर्वाचन आचासंहिता बिपरित
1687.   बेनी र तामाखानिका वासिन्दा बाघको बिगबिगिले त्रसित
1688.   पहिरोले गर्दा गाउँ अँध्यारो
1689.   पुल बनाउँदै गर्दा मजदुर घाईते
1690.   छोरी बलात्कार गर्ने बाबुलाई २२ बर्ष जेल कैद
1691.   ११ बर्षपछि जिल्ला प्रहरी कार्यालयको भवन बन्दै
1692.   गाविस सचिबहरु व्यस्त, बार्गेनिङमा
1693.   गुदेलमा गाडी गुडाउने योजना
1694.   सोलुमा १७ वटा योजना कमसल
1695.   पर्यटन तथा वातावरण सम्बन्धि आधारभूत तालिम सुरु
1696.   सोलुखुम्बुका गाविस सचिवले आर्थिक सहायता उपलब्ध नगराउने
1697.   कोइला नपाउँदा सोलुखुम्बुको आरण व्यवसाय संकटमा
1698.   सोलुखुम्बुको छेस्काममा मन्दिरको जग्गा अतिक्रमण
1699.   हिमताल फुटने खबरले सोलुखुम्बुवासी त्रसित
1700.   फेरी सुरु भयो साल्मे सिस्नेरीको पहिरो
Results 2134: You are at page 68 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics