फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
151.   जीन्दगीको भिख माग्दै छेस्कामका रुद्र कुलुङ
152.   सोलुखुम्बुमा अर्को पनि विमानस्थल थपिने
153.   जुभिङमा गठन भयो 'चिन्डो वुक्स' रिडर क्लव
154.   मतदानको गणना ९ बजेबाट सुरु
155.   शेर्पा प्रदेशको माग गर्दै सोलुखुम्बुमा सिठि जुलुस प्रदर्शन
156.   एमाले सोलुखुम्बुको नयाँ नेतृत्व चयनका लागि चुनाव जारी
157.   नेकपा एमाले सोलुखुम्बुले नयाँ नेतत्व चयन गर्दै
158.   ज्युव्युस एलाइन्सको शिक्षा र खालिङ वास विशेष बैठक सम्मन्न
159.   सोलुखुम्बुको देउसामा भएको रश्मी हत्या प्रकरणको मुद्धा फैसला सर्यो
160.   सोलुखुम्बुका विद्यालयहरुमा ६८ वटा अस्थाइ सिकाइ केन्द्र निर्माण
161.   नाम्चेमा होटल तथा लज व्यावस्थापन तालिम सम्पन्न
162.   कैदी बन्दीको बसोबासमा समस्या
163.   पिडितमैत्री अनुसन्धान विषयक अन्र्तक्रिया सम्पन्न
164.   पहिरोको जोखिममा वृक्षारोपण
165.   पुननिर्माणका लागि दुई लाख रुपैया सहयोग
166.   खुम्बु क्षेत्र सुरक्षित रहेको प्रतिवेदन सार्वजनिक
167.   खेलकुद विकास समितीको अध्यक्षमा डि.बी नेपालीद्धारा पद ग्रहण
168.   भुकम्प पिडितले राहत पाए नपाएको अनुगमन
169.   क्रियाशिल सदस्यता नविकरण नभएको भन्दै फैलाएको समाचार प्रति काँगेस जिल्ला कार्यसमितीको ध्यानाकषर्ण
170.   सरसफाई अभियानले २२ औं हप्ता प्रवेश
171.   चौरीखर्कमा बाटो निर्माण तथा मर्मत सम्पन्न
172.   अवतारी लामा ङ्वाङ फिले पलवरको चौरीखर्क १ बाट भव्य विदाइ
173.   जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रबाट दुई हजार बढि लाभान्बित
174.   सोलुखुम्बुमा २ करोड रुपैयाँ राजस्व वृद्धि
175.   खुम्बु किरात राई उत्थान समाजको साधारण सभा सम्पन्न
Results 2134: You are at page 7 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics