फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1776.   सल्लेरी मा स्कायी रिम लिनेको भिड
1777.   मदिराजन्य पदार्थमा पूर्ण प्रतिवन्ध
1778.   तल्लो सोलुको विकास गर्न सबै एक जुट हुनुपर्छ- मन्त्री किराती
1779.   सोलुखुम्बुका अग्ला टावरहरु चट्टयाङको तारो बन्दै
1780.   सगरमाथाको उचाइमा धक्का लाग्नेगरी थालिएको घडी उधोगको हालत
1781.   आगलागिबाट लाखौंको क्षति
1782.   सोलुखुम्बु जिल्लाका पदमार्गहरुको विवरण तयार
1783.   प्रमुख जिल्ला अधिकारी पराजुलीद्धारा पदभार ग्रहण
1784.   रिपोर्टर्सको पुर्वाञ्चल क्षेत्रीय अध्यक्षमा निरौला
1785.   पेमा नाम्दिङ गुम्बाको नयाँ कार्यसमिति
1786.   सोलुखुम्बु पदयात्राको औपचारिक समापन चैत्र २४ गते काठमाडौंमा हुदै
1787.   सल्लेरीमा रमाइलो मेला
1788.   २ बालकदारा बलिका बलात्कार
1789.   सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीमा पराजुली
1790.   सोलुखुम्बुमा नाम्चे महोत्सब हुने
1791.   जन जाग्रिती मावी सल्लेरी मा तोड फोड
1792.   पानी दिवशको अवसरमा नाटक प्रदर्शनी
1793.   ठानेखोला लघुजलविद्युत आयोजनाले रुवायो वाकुबासीलाई
1794.   सोलुखुम्बु मा नयाँ प्रमुख जिल्ला अधिकारि आउनुहुने
1795.   टीबीएसद्वारा खुम्बु क्षेत्रका पुलहरुको स्थलगत अवलोकन
1796.   सोलुखुम्बु सल्यानका असई पुन्य निरौलाद्धारा आफ्नै श्रीमतिको हत्या
1797.   श्री पेमाछोलिङ्ग प्राविको १४औं अभिभावक दिवस तथा नतिजा प्रकाशन
1798.   सोताङमा सास्कृतिक साझ आयोजना गर्ने
1799.   सानोगुमेलाको ३३औं अभिभावक दिवस तथा नतिजा प्रकाशन (फोटो फिचरसहित)
1800.   टाकसिन्दु र बासामा भूकम्प प्रतिरोधात्मक 'अर्थ् ब्याग' भवन निर्माण
Results 2134: You are at page 72 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics