फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1801.   टाप्टिङ जनप्रेमि मावी, टाप्टिङलाई शैक्षिक सामाग्री प्रदान
1802.   खरिखोला केन्द्रमा जम्मा ७७ जना परिक्षार्थी
1803.   नेपाल वायुसेवा निगमको टिकटमा कालोबजारी
1804.   नाम्चे स्थित थामेमा देछेन छोखोर्लिङ गुम्बामा बज्रगुरु हुने
1805.   माओवादीका नेता कार्यकर्ताहरु यस समयमा बिग्रदै गएका
1806.   सगरमाथा आधारशिविर पदयात्रामा पोर्टर सेल्टर बनाउने
1807.   फाप्लु-काठमाडौ उडान नियमितमा भन्दा चार्टर्डमै जोड
1808.   स्वर्ण महोत्सवको लागि तयारी
1809.   हिमाल एफ.एम.को प्रसारण बन्द
1810.   सोलुखुम्बुको प्रवेशिका परिक्षाकेन्द्र र केन्द्राध्यक्ष नामावली सार्वजनिक
1811.   सोलु मा हिउ पर्‍यो
1812.   फाप्लु विमानस्थलको दर्दनाक कथा-फोटो र भिडियो सहित
1813.   चौरीखर्क मध्यवर्ती क्षेत्र बन्दको कार्यक्रम फिर्ता
1814.   जुभिङ शेर्पा किंदुक, काठमाडौंको प्रथम वार्षिक साधारण सभा सम्पन्न
1815.   चौरिखर्क मध्यवती क्षेत्र इकाइ समितिले पर्यटन प्रबेस शुल्क उठाउन नदिने
1816.   पत्रकारहरुको टोली फाप्लुमा, रिपोर्टर्स क्लब, सोलुखुम्बुद्वारा स्वागत
1817.   लुक्लामा द्धन्त परिक्षण शिविर सञ्चालन
1818.   राष्ट्रियस्तरका १५ जना पत्राकारहरु सोलुखुम्बु पदयात्रामा जादै
1819.   रिड द्वारा खरिखोला उच्च मा.वि.मा २ दिने गोष्टी सञ्चालन
1820.   ३५० जना बिद्यार्थीहरुको दात निःशुल्क परिक्षण
1821.   ढुंगेल पार्टी नीतिविपरित लागेको भन्दै माओवादी सोलुखुम्बु जिल्ला समितिको आपत्ति
1822.   बृक्षारोपण, वन ब्यबस्थापन तथा आगलागी नियन्त्रण सम्बन्धि तालिम
1823.   कोशी पारीका बासिन्दाहद्धारा धर्ना
1824.   जर्नेल नपाए समायोजन मान्दैनौँः मन्त्री बोगटी
1825.   खरिखोलामा एसएलसीको लागि शुभकामना आदनप्रदान
Results 2134: You are at page 73 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics