फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1826.   सुरक्षाको घेरामा ढुंगेल सोलु हुँदै ओखलढुंगा
1827.   थुलुङ राई संस्कृति प्रतिष्ठान नामक संस्था दर्ता
1828.   कम्प्युटर पढ्दै छेस्कामका दलित विद्यार्थी
1829.   निःशुल्क कोचिङ कक्षा सञ्चालन
1830.   बिधालय स्तरका पाठ्यक्रममा रहेको स्वास्थ्य सम्बन्धि केही जानकारी गलत भएको ठहर डा. रेग्मीले
1831.   महाकुलुङ प्राविमा कक्षाकोठा नभएकोले बालबालिकाहरु छाप्रोमा
1832.   फ्रेण्डसीपद्धारा सोलुखुम्बुका ३ खेलाडीलाई बधाई
1833.   सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुर्वाञ्चलमा आयोजना गर्ने
1834.   बजेट अभावले मेरा घोरेटो अलपत्र
1835.   पर्यटन रोयल्टीवापतको रकम नपाएपछि उपभोक्ता आन्दोलित
1836.   कृषकहरुका लागि जोत्ने उपकरण ल्याईने
1837.   बलात्कारमा परेकी बलिकाले अझै न्याय पाइनन
1838.   सोलुखुम्बुका लाक्पाछिरि शेर्पा पनि यसवर्षको सहासी व्यक्ति
1839.   फाप्लु बिमानस्थलमा हावाले गर्नु गर्‍यो
1840.   निगमद्धारा फाप्लुको नियमित उडान तालिका परिवर्तन
1841.   खरिखोला स्रोतकेन्द्रस्तरिय प्रतियोगिता सम्पन्न
1842.   रिडद्धारा बासामा अभिमुखीकरण तालिम सञ्चालन
1843.   टेलिफोन सेवा प्रभाबित
1844.   विहिबार थल्लेरीमा लागेको आगलागीबाट जंगलक्षेत्रमा विनास
1845.   गार्मा को थल्लेरीमा आगोलागि
1846.   पञ्जीकरणवापतको शुल्क तिरेपछि रसिद अनिवार्य होस्–काँगेलबासी
1847.   सल्लेरिमा सासुबुहारी अन्र्तक्रिया कार्यक्रम
1848.   विद्यालयलाई शैक्षिक सामग्री वितरण
1849.   सोलुखुम्बु सदरमुकाममा अवैध मदिरा बेचविखनको विगविगी
1850.   सोलुको देउसामा चित्राको विधालय खुल्दै
Results 2134: You are at page 74 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics