फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1901.   सोलुखुम्बुका द्वन्द पिडितलाई राहत रकम बितरण
1902.   लबुचेमा हेलिकोप्टर दुर्घटना, चालक तथा यात्रु सकुशल
1903.   अनियमितता गर्ने कर्मचारीलाई बिभागिय कार्वाही हुन्छ –प्रजिअ कुरुम्बाङ्ग
1904.   भकाञ्जेमा रकम निकासा भईसक्दा पनि गुम्बा निर्माण भएन
1905.   लामोजुरा पारीका गाविसमा घुम्ति शबिर शुरु
1906.   शैक्षिक कार्यक्रम सम्बन्धि अभिमुखिकरण सम्पन्न
1907.   घरदैलोमै सेवा उपलब्ध गराउन टोली प्रस्थान
1908.   खरिखोला उच्च मा बि मा खेलको हार जित
1909.   राष्ट्रपति जुभिङ्गमा स्वर्ण महोत्सव मनाउन जानु हुने
1910.   सोलुखुम्बुकी एक महिलासँग घूस लिने कर्मचारीलाई कारबाही गर्न प्रमको निर्देशन
1911.   लुक्लामा विमान दुर्घटना, मानविय क्षति भएन
1912.   लुक्लामा तारा एयरको बिमान दुर्घटनाग्रस्त, मानविय क्षति भएन
1913.   बडा दशैंको मुख्य दिनहरु नजिकिँदै जाँदा सदरमुकाम सल्लेरी सुनसान बन्दै
1914.   माओवादी सोलुमा विवाद बढ्दै
1915.   जुभिङ शेर्पा समाज किदुग, काठमाडौंको स्थापना
1916.   चट्याङ लागेर राजनको मृत्यु
1917.   सोलुखुम्बुमा भुकम्पको थप क्षति
1918.   भुकम्पले सोलुखुम्बु लुक्लामा ४,ताप्लेजुङमा १२, संख्वसभामा १६, भक्तपुरमा ७ वटा घर भत्किएका छन् ।
1919.   ह्यावा – ताते बाटोको छलफल फेरि कार्तिक २४ मा
1920.   बिजुली बाल्ने वाकुबासीको सपनामा डढेलो
1921.   घरदैलोमा सरकारी सेवा
1922.   ४० करोड लागतको ‘पर्वतीय पर्यटन केन्द्र’ निर्माण कार्यमा तिब्रता
1923.   जुभिङ्ग गा.वि.स. को २०औ गाउ परिषद सम्पन्न
1924.   सोलु एफएमको आठौं बार्षिक उत्सव
1925.   हेवा-ताते छलफल भदौ २५ मा हुने
Results 2134: You are at page 77 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics