फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1976.   गुदेल ४ र ५ खुल्ला दिसामुक्त क्षेत्र घोषणा
1977.   कस्मिक कम्प्युटर सिस्टम आठौं बर्षमा
1978.   सामुदायिक वनहरु पुरस्कृत
1979.   मा.वि. स्तरीय भलिबल प्रतियोगिता जन जागृति उच्च मा.वि.लाई
1980.   किरण र यमकुमारी प्रथम
1981.   सगरमाथामा अझै पचास टन फोहोर
1982.   गुम्बा निर्माणको लागि इजरायलमा रकम संकलन
1983.   खुम्जुङ्ग माविको स्वर्ण महोत्सव शुरु
1984.   तिंलामा कृतिम घटना अभ्यास तालिम सम्पन्न
1985.   अस्ट्रेलियन हिमालयन फाउन्डेसनका डाइरेक्टरद्वयलाई भव्य स्वागत
1986.   अन्यत्र ब्यवस्थापन गर्न नेचाका शिक्षकहरुको माग ।
1987.   फाप्लुमा निशुक्ल आँखा शिबिर
1988.   महत्वपूर्ण गुण शिक्षा - प्र.जि.अ सुबेदी
1989.   निर्धारित समयमानै संविधान बनाउन ध्यानाकर्षण
1990.   सोलुखुम्बुका ६ सहित १० जनाको टोलिले सगरमाथाको सफल आरोहण
1991.   २१ औँ पटक सगरमाथा आरोहण गरी आपा शेर्पाको नपा विश्व कीर्तिमान
1992.   नेलेमा असिना पर्दा अन्नबालीमा क्षती
1993.   नेपाल रेडक्रस सोसाईटी सोलुखुम्बुले १ सय ८३ औँ बिश्व रेडक्रस दिवस मनायो
1994.   ४१ जना शिक्षक/शिक्षिकाहरुको तालिम सम्पन्न
1995.   कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
1996.   कुखुरापालण तालिम शुरु
1997.   नाम्चेमा पर्यटन व्यवसायी र मजदुरहरुबिच छलफल
1998.   झुटो बिबरण दिएर रकम निकालेको खुलासा
1999.   छेस्काममा बिजुली बलेपछि गाउँलेहरु हर्षित
2000.   दुई दिने क्षमता अभिबृद्धि तालिम सुरु
Results 2134: You are at page 80 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics