फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
2026.   सातबुँदे सहमति नतुहिने किरातीको ठोकुवा
2027.   सगरमाथाको आधार शिविरमा कन्सर्ट हुने
2028.   जिविस सोलुखुम्बुको १९ औं जिल्ला परिषद आज
2029.   माओवादी सोलुमा नयाँ जिम्मेवारी
2030.   देउसा माविमा फेरि चोरी
2031.   हावाले छाना उडाउँदा विद्यार्थी घाइते
2032.   सोलुखुम्बुको विकासका लागि माओवादी उपाध्यक्ष भट्टराईले पहल गर्ने
2033.   नत्र फेरि आन्दोलन – भट्टराई
2034.   योङ्ग स्टारद्वारा ल्यापटप वितरण
2035.   झुटो बिबरण दिएर दुईवटा नागरिकता लिन खोज्ने जाङमु ७२ हजार ५ सय धरौटीमा रिहा
2036.   गणेशबहादुर उत्कृष्ट उद्यमी
2037.   एक हप्ता पछि टेलिफोन सञ्चालनमा
2038.   सरकारी कार्यालयहरु धमाधम बन्दै
2039.   शिक्षक संघ सोलुमा धन्दिराम
2040.   नेपाल टेलिकम नाम्चेमा तालाबन्दी
2041.   शिक्षक संघको जिल्ला परिषद
2042.   जिविसको मुल्यांकन शुरु
2043.   योङ्ग स्टारमा नयाँ जिम्मेवारी
2044.   साल्पा सिलिचोङ्ग महोत्सव हुने
2045.   महिलाहरु सिलाई कटाई तर्फ आकर्षित
2046.   अस्थायी शिक्षकहरु आन्दोलनमा
2047.   केन्द्रिय समितिका लागि पदाधिकारी चयन
2048.   सोलुखुम्बुमा चैत्र १ देखि साक्षरता कक्षा, २३ हजार निरक्षर
2049.   नेपाल टेलिकमका सबै प्रकारका टेलिफोन सेवा अवरुद्ध
2050.   सरकार पूर्णता र संविधानका लागि प्रार्थना
Results 2134: You are at page 82 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics