फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
2051.   काँगेलमा उडान सुचारु
2052.   तिङलामा आँखा शिविर सम्पन्न, ४२ जनामा मोतियाविन्दु
2053.   केदार उच्च मा बि को स्वर्ण महोत्सव सम्पन्न
2054.   क्यारेमबोर्ड र तास खेल्ने बढे
2055.   नेलेमा चित्रकला सम्पन्न
2056.   पशु कार्यालयले गिद्ध संरक्षणको कार्यक्रम गर्ने
2057.   विद्यार्थीहरुद्वारा पूर्वाञ्चलको भ्रमण
2058.   गाउँमा तरकारी प्रदर्शन स्थल
2059.   ब्लड बैंक स्थापना नहुँदा समस्या
2060.   ९९ प्रतिशत बालबालिका विद्यालयमा
2061.   सोलुखुम्बुमा व्यापक हिमपात, चिसो बढ्यो
2062.   पत्रकार महासंघ सोलु र सोलु एफएमद्वारा भत्र्सना
2063.   सोलुखुम्बुमा पानी पर्दै
2064.   सोलु पत्रकार महासंघमा श्रेष्ठ निर्विरोध
2065.   सोलु एफएममा- "निकास"
2066.   कार्यकर्ता कुट्नेलाई कारबाहीको माग
2067.   महिना दिन बित्दा पनि राजीनामा स्वीकृत नभएको क्रान्तिकारीको आपत्ति
2068.   झुण्डिएको अवस्थामा भेटियो शेर्पालाई
2069.   विवाद भए पछि एमाले सोलुखुम्बुका अध्यक्षले दिए उपभोक्ता समितिवाट राजीनामा
2070.   कक्षा ११ को मौका परिक्षा सम्पन्न
2071.   बृद्ध भत्ता नपाएको गुनासो
2072.   योङ्ग स्टारमा छलफल
2073.   सोलुखुम्बुमा पहिलो पटक बौद्ध परम्परा अनुसार गुरुङको अन्त्यष्टी
2074.   हट्यो सिण्डिकेट
2075.   शेर्पा विद्यार्थी संघको अध्यक्षमा देण्डी
Results 2134: You are at page 83 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics