फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
2101.   टिम्बुरबोटे बारेको वृत चित्र प्रदर्शन
2102.   नेपाल स्वास्थ्य प्राबिधिक संघ गठन
2103.   उड्दा उड्दैको जहाज भित्रै यात्रुको मृत्यु
2104.   सुम्बु खोला जलविद्युतका लागि समिति
2105.   विश्वकै दोश्रो हेर्न लायक निकुञ्ज – सगरमाथा राष्ट्रिय निकुञ्ज
2106.   उद्यौली पर्वको अवसरमा सदस्यता वितरण, उत्कृष्ट किरात विद्यार्थीलाई पुरस्कृत गरिने
2107.   उपचारमा धामीझाँक्री बलियो विश्वास, खाँचो समपसापेक्ष परिवर्तनका
2108.   अभिभावकको परिश्रमबाट बिद्यालय भवन निर्माण
2109.   कांग्रेसका आचार्य बने संयोजक, समितिका सदस्यहरुले अरु जिल्लाको भ्रमण गर्ने
2110.   लैंगिक हिंसा विरुद्ध सल्लेरिमा याली
2111.   सल्यानमा पानीको हाहाकार
2112.   सामुदायिक विकास परियोजना सकिँदै
2113.   खुम्बु आउने पर्यटक बढे
2114.   नुन बितरण शुरु
2115.   मृतकको नाममा बृद्ध भत्ता लिएकोमा परेको उजुरीमा मिलापत्र
2116.   जसिहाङको आवाजमा लट्ठ सोलुबासी
2117.   सल्लेरीमा ऐतिहासिक साहित्यिक महोत्सव आज
2118.   सल्लेरीमा लाडेसेडिङ बढ्यो
2119.   जसिहाङ राईको
2120.   बासामा कम्प्युटर शाखा
2121.   जि फाउण्डेसनवाट स्थानीयबासी लाभान्वित
2122.   फाप्लुका लागि नेपाल एयरलाइन्सको नयाँ उडान तालिका
2123.   निशुल्क जग्गा उपलब्ध गराउनेलाई अभिनन्दन
2124.   प्रधानाध्यापकको मृत्यु पछि विद्यालय ४ दिन बन्द
2125.   सोलुखुम्बुको सल्लेरीमा बैरागी काइला चोक
Results 2134: You are at page 85 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics