फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
201.   चौरीखर्कमा भु–कम्प पिडितहरुलाई राहत
202.   शेर्पा माउन्टेन एडभेन्चरद्वरा सोलुखुम्बुमा राहत वितरण
203.   भुकम्पपछि विद्यार्थीको उपस्थितीमा कमी
204.   ढुवानी अभावले भुकम्प पिडितको खाद्यन्न सल्लेरीमै थन्कियो
205.   सभाषद टोलीद्धारा कार्यलयको अनुगमन
206.   दिन बितेपनि रात बिताउन गाह्रो
207.   भुकम्प सम्बन्धी चेतनामुलक नाटक
208.   खुम्बुमा राहत
209.   भुकम्प पिडित पंचनका सबै घरधुरीले पाए पाल
210.   सोलुलाई संकटग्रस्त घोषणामा मन्त्री साउदको जोड
211.   लघु उद्यम सम्बन्धी अभिमुखीकरण
212.   बिरामीको चाप ह्वातै बढ्यो
213.   महिलालाई निःशुल्क कम्प्युटर तालिम
214.   सर्वसाधारण अझै खुल्ला आकाशमुनी,वृद्धवृद्धा र बालबालिका बढी प्रभावित
215.   सोलुखुम्बुलाई ४३ लाख बराबरको राहत सामाग्री प्राप्त
216.   चट्टयाङ बाट सोलुखुम्बु टाप्टिङमा एक जनाको मृत्यु, एक घाइते
217.   भुकम्पले सोलुखुम्बुका घरहरु प्रभावित, सर्वसाधारण खुल्ला आकाशमुनी
218.   पर्यटकीय खुम्बु सुनसान बन्दै
219.   सोलुखुम्बुमा २८ सय घर पुर्ण रुपमा क्षति, ६ हजार घरमा आंशिक क्षति
220.   ओखलढुंगामा जिप दुर्घटना, ५ घाईते
221.   भुकम्पले सोलुखुम्बुको ११६ विद्यालयमा क्षति, भुकम्प प्रतिरोधात्मक भवन निमार्ण हुदैं
222.   भुकम्प पिडितलाई राहत वितरण हुदैं
223.   आधारशिविरबाट पर्यटक फर्किन थाले
224.   सोलुखुम्बुको जनजिवन सामान्य बन्दै
225.   भुकम्पले सगरमाथा आरोहण नरोकिने
Results 2134: You are at page 9 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics