मौलिकता र जीवनरक्षाबिच धर्मसंकट आइतवार, २०७४ जेष्ठ ०७ गते १४:३४

अर्जुन राई-
विविधताले भरिपूर्ण देश नेपाल विविध मौलिक वास्तुसकलाको दृष्टिले धनी छ । हस्तकलाको प्रयोग गरी बनाइएका पुराना घर तथा मन्दिरहरूले मौलिक नेपाली वास्तुकलाको झलक दिइरहेका छन् । देशलाई विश्वमाझ चिनाउने भनेकै यिनै मौलिकपन हो । हाम्रा मौलिक सम्पदाहरू जबसम्म रहन्छ तबसम्म हाम्रो अस्तित्व पनि कायम रहन्छ । नेपालैभरि कुनै पनि भूभागमा परिवेश अनुसारका भौतिक संरचना बस्तीहरू देख्न पाइन्छ । यिनै मध्येको रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाका वस्तीहरु प्रिती र भुजी पनि कुनै बेला मौलिकताले युक्त थिए तर अहिले यी वस्तीले विस्तारै फडेको मार्दै गएको देखिन्छ । रामेछाप जिल्लाका यी भूभागहरूमा सुनुवारहरूको बाक्लो वस्ती रहेको छ भने अन्य जाति अलि कम मात्रामा छन् । 
 
पहिले यी वस्तीका घरहरूको छाना खरको हुन्थ्यो । घुमाउने शैलीका घरहरू थिए भन्ने भनाइ सुन्न पाइन्छ । यद्यपि त्यस्ता शैलीका पाउन कठिन छ । वर्तमान समयमा एकदुई घर मात्र खरले छाइएका छन् । पुराना घरहरू मध्यकालमा बनेका घरहरू भन्दा बलियो थियो भन्ने भनाइ छ । वृद्ध–वृद्धाका अनुसार वि.स. १९९० को भूकम्पमा कमै पुराना घरहरू भत्किएका थिए । लम्बाइ चौडाइ बराबर भएका घुमाउने घरहरूका छाना खरको भएका कारण कम क्षति भएको थियो । उमाकुण्ड गाउँपालिका-७, भुजी कि ७१ वर्षीया मनकुमारी सुनुवार सानो छदा खरका छानाहरू खरको भएको बताउछिन् । 
 
उमाकुण्ड गाउँपालिका अन्तर्गतका गाउँहरु प्रिती र भुजीमा एक दुई घर मात्र पुराना शैलीका छन् । यस्ता घरका झ्याल, ढोका र थाममा कलात्मक बुट्टाहरू कुदिएका छन् । सामान्यतया घरहरूको साइज साना छन् । लम्बाइ १४ हात र चौडाइ ९ हात सम्मका घरहरू देख्न पाइन्छ । सुनुवावस्तीमा दुई र तीन तलाका घरहरू छन् । थाहा भएसम्म सुनुवार वस्तीमा पहिले बाटै घरहरू ढुंगा र माटोले बनेका थिए । अहिले पनि घर माटो र ढुंगाले बनेका छन ् । हल्का रातो माटोले भुई र सेतो कमेरोले भित्ता पोतिएका छन् । भित्ताको होचो भागमा भने हल्का रातो माटोले लिपिएको हुन्छ । रातो माटोमा गाईको गोबर पनि मिसाएर घर पोत्ने गरिन्छ । घरको बाहिरी भित्तामा केही बुट्टाहरू बनाएइएको देखिन्छ । घरको भित्री भित्तामा त्रिभुज आकारका साना साना खोपाहरू बनाइएका छन् भने भतै घरको बाहिरपट्टि पनि त्यस्ता खोपा देख्न सकिन्छ । तलामा चिरपट र त्यसमाथि माटो राखिएको हुन्छ । घरको खिर्कि झ्याल पनि त्रिभुजाकारको छ । ढुंगाका छाना पनि प्रशस्तै देख्न पाइन्छ । छाना छाउने ढुंगाको आकार बर्गाकार, आयतकार र अनियमित आकारका पनि छन् । बस्नका लागि भूकम्पको दृष्टिले सुरक्षित नहुन सक्छ । तर यसले मौलिकतालाई संरक्षण गरिरहेको छ । मौलिकपन बचाउने हो वा जीवन बचाउने भन्ने कुरामा अब गम्भीर हुने बेला आएको छ । मौलिक पहिचान नै रहेनन् भने मानिस औचित्य रहदैन । यसका लागि जीवन र मौलिकपन दुवै बचाउन सकिने उपाय सोच्न पो हो कि !
 
चुलोबाट निस्किने धुवा चिम्नीमा माध्यमबाट बाहिर पठाउन मिल्ने खालको आधुनिक चुलो घरमा बनेपछि सरङको औचित्य कम हुदै गएको हो । घरको बाहिरी कुनामा सानो भान्साघर बनाउने र त्यही खाना पकाउने चलन पनि व्याप्त छ । यद्यपि परम्परागत चुल्हाहरू यथावत नै छन् । सडकको सञ्जाल पुगेका ठाउँमा आधुनिक किसिमका घर फाटफुट रूपमा बन्न थालेका छन् । २०७२ सालको भूकम्पका कारण धेरै घरहरू भत्किएका थिए । नभत्किएका घरमा पनि बस्न नमिल्ने अवस्था भएपछि सुनुवार वस्तीका मानिसहरू मतानमा बस्न थालेका छन् । मतान घरभन्दा पछि बनाइएका हुनाले यसमा भूकम्पको प्रभाव कम परेको हो । धेरै घरहरूमा मतान छैनन् । त्यसैले मतान नभएका र घरमा बस्न नमिल्ने अवस्थाका मानिसहरू कटेज (कटेरो) बनाएर बसिरहेका छन् । बाँस, चित्रा, काठ आदिबाट कटेज बनाइएको छ ।  
भूकम्पबाट भत्किएका घरको पुनः निर्माण गर्दा निश्चित मापदण्ड अनुसार नाउनुपर्ने भएकाले अब बन्ने घरहरू पहिलेकै संरचनामा नबन्ने सुनुवारहरूको भनाइ छ । मौलिक संरचनाको घर अब चाहेर पनि बनाउन नसकिने उमाकुण्ड गाउँपालिका५ का गोविन्दराज सुनुवार बताउछन् । त्यसैले अबका दिनमा परम्परागत घरको अस्तित्व नझल्किने स्पष्ट हुन्छ ।  
 
हस्तकलाको प्रयोग गरी बनाइएका बुट्टादार झ्याल, ढोकाहरू प्रयोग गरिएको छैन । अहिलेका घरमा सादा काठ मात्र जोडेर बनाइएका झ्याल, ढोकाहरू देख्न पाइन्छ । प्रितीमा जानकी सुनुवारको घरमा हस्तकला झल्किने झ्यालहरू देख्न पाइन्छ । त्यस्तै उमाकुण्ड गाउँपालिका-७, भुजीका पूर्णबहादुर सुनुवारको घरमा कलात्मक झ्याल, ढोका र थाम पाउन सकिन्छ । २००७ सालमा बनेको र २०७२ सालमा भूकम्पले भत्काएको र अहिले जीर्णावस्थामा रहेका ती कलात्मक झ्याल, ढोका बाहिरै थन्काइएका छन् । पहेलो चापको काठद्वारा निर्मित ती झ्याल, ढोका बाहिरी हेर्दा मक्किसकेका छन् तर भित्री भाग राम्रै रहेको पूर्णबहादुर बताउछन् ।  
 
बेलायती लाहुरेहरूको घरमा पुराना वास्तुकलाको झलक देख्न अलि कठिन छ । उनीहरूको घर नयाँ शैलीका छन् । भूकम्पपछि बेलायत सरकारले द्ुईकोठे पक्की घर बनाइदिएको छ । तर बेलायती सेना बाहेकका कैयौं निम्न आर्थिक स्तिति भएका मानिसहरू तिनै चचेर भित्ता भएको घरभित्रै गुजारा गरिरहेका छन् । के उनीहरू चाहिँ ब्रिटिस लाहुरेहरूको जस्तै सुरक्षित घरमा बस्न मन छैन होला त ? बेलायत सरकारले आफ्नो देशमा सेनाको रूपमा सेवा गरेका बाहेक नेपालीलाई नेपाली ठानेन सायद । उसका सैनिकहरू मात्र भुकम्पबाट असुरक्षित ठान्यो । तर विदेशी सहयोगको कुरालाई छोडेर हेर्दा नेपाल सरकार पनि त गरिबहरूका लागि आशाको केन्द्र हो । भूकम्प पीडितको नाममा करोडौं रूपैया नेपाल सरकारलाई आएको छ  । ती पीडितका नाममा आएका राहत वास्तविक पीडितले खासै पाएका छैनन् । चर्किएका घर र कटेजमा कति रातहरू अनिद्रामा कटाए होलान् गरिब भूकम्पपीडितहरूले ? यो कुराले राज्यलाई दुखाउनुपर्ने हो । तर ५० हजारको एक किस्ता बाडेर पीडितलाई घर बनाउन लगायो । घर बनिसकेपछि मात्र बाँकी किस्ताको रकम पाउने आश्वासन दिएयो । आयस्रोत केही नभएका परिवारले त्यति पहिलो किस्ताले घर बनाउन सम्भव छैन । पर्याप्त रकम वितरण नपाएसम्म गरिब भूकम्पपीडितहरूको घर बनाउने सपना सपनामा मात्रै सीमित हुन्छ । 
 
भवन निर्माणको निश्चित मापदण्ड पूरा गर्नुपर्ने कुराले न्यून आर्थिक स्थिति भएका पीडितहरूलाई थप पिरोलेको छ । घर बनाइसकेपछि पुनःनिर्माण प्राधिकरणले मापदण्ड पूरा भए नभएको अनुगमण गरेरै मात्र थप किस्ता वितरण गर्ने भनेपछि उनीहरू अप्ठ्यारोमा परेका हुन् । बाबु ! यो घर आधा मात्र भत्काएर होचो बनाउदा हुन्छ ?’ उमाकुण्ड गाउँपालिका ५ की ८० वर्षीया बालकुमारी सुनुवारले सल्लाह मागिन् । उनले यो पङ््ितकारलाई पुनःनिर्माणको प्रतिनिधि सम्झिन् सायद । फेरि थपिन्, म बुढी भइसके, यो जेठा छोरा अपाङ्ग छ । हामी अर्को घर बनाउन सक्दैनौं ।’ यस्ता दुखेसाहरू अनगिन्ति सुनिन्छ यी र यस्तै भूकम्प पीडितहरूको वस्तीमा । त्यहाँ पुग्नासाथ उनीहरू राहत पो बाड्न आएको मान्छे हो कि भनेर आशाको ज्योति बालेर पीडा सुनाउन थाल्छन् । गाउँघरका पनि अलि टाठाबाठाहरूले दुई चोटीसम्म पाए तर सोझाहरू आफूले एक पटक पनि नपाएकोमा आक्रोश व्यक्त गर्छन् । रामेछापको उमाकुण्ड गाउँपालिकाका भुजी र प्रितीगाउँका भूकम्प पीडितहरू उदाहरण मात्र हुन् । यस्ता हजारौं परिवार जो राहतको आसमा छन् । भूकम्मका कारण घर भत्किएका परिवारहरू बेघर भएर हिउँदवर्षा  नारकीय रूपमा काटिरहेका छन् । पीडितको नाममा आएका विदेशी राहत रकम टाठाबाठाहरूका लागि मात्र भयो न कि वास्तविक पीडितका लागि । 
 
सुनुवारबस्ती वास्तुकलामा सम्पन्न जाति हो यद्यपि समय अन्तरालमा पुराना वास्तुकला झल्किने वस्तुहरू विस्तारै हराउदै जान थालेका छन् । आधुनिक समयानुकुल जीवनशैली पनि परिवर्तन हुदै जाने क्रममा मौलिक पहिचानका सम्पदाहरू पाउन नसकिने अवस्थामा पुगेका हुन् । युवाजगतमा कला र सीपको कमिले हस्तकला लगायतका सामानहरू उत्पादन हुन सकेको छैन भने अर्कातिर बजारीय उत्पादनको प्रभाव पनि यसमा उतिकै जिम्मेवार देखिन्छ । २०७२ सालको विनासकारी भूकम्पले पुराना सम्पदाको ह्रास भएको कुरा पनि स्वीकार्य छ । परम्परागत वस्तुहरूको उत्पादनमा कमि आए पनि भएकाहरूको संरक्षण हुन सके यी मूल्यवान सम्पदा हराउने सम्भावना कम हुन जान्छ । मौलिकपन पनि नहराउने, भूकम्पबाट पनि सुरक्षित हुने तरिकाको घरहरू बनाउन सम्भव हुन सक्छ । आधुनिकता र मौलिकताको सम्मिश्रणबाट निर्माण गर्न सकिए मौलिकता र जीवन दुवै बचाउन सकिने कुरामा विमति नआउला ।
  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: साहित्य/लेख
1.   मौलिकता र जीवनरक्षाबिच धर्मसंकट
2.   मेला दमदार कविताको
3.   ‘जय फेसबुक’ विमोचित
4.   कविता प्रतियोगिता
5.   आँसु (कविता)
6.   ताल तलैयासम्बन्धी पुस्तक बजारमा
7.   सगरमाथा आधारशिविरमा ईन्टरनेट
8.   सवै पत्रकारले पाउलान् त बीस हजार तलव ?
9.   आउछन् जसै...(कविता/किशोर सुब्बा लिम्बु)
10.   नारी दिवस आज विश्वभर मनाइँदै, महिला अधिकार जोखिममा
11.   विहानीको घामसँगै(कविता/किशोर सुव्वा लिम्बु)
12.   “पठन संस्कृति विकास गर्छौं” सोलुखुम्बु लेखक संघ (वाकुमा चिन्डो रिडर्स क्लब)
13.   भारतले बुद्ध आफ्नो देशमा जन्मेको कुरो गर्दा मात्रै नेपालीहरू बम्किन्छन्
14.   'नेप्चीको लय' लिएर होराइजन साहित्य प्रतिष्ठानको दोस्रो आगमन
15.   गजल
16.   अनेकस वर्ष साहित्य पुरस्कार घोषणा
17.   त्यो कालो दिनमा के भयो
18.   अभियोग र स्यालफूस्रेको धनु
19.   जिमी राई उत्थान समाजद्वारा भाषिक साहित्य गोष्ठीको आयोजना
20.   पाखे (कविता)
21.   छोरी जन्मिए कालो ढुङ्गा, छोरा जन्मिए..(जुझ्दैछ त्यस्ता अहंकारी पुरुषहरुसँग-किन्जोम दिदीको चिठी )
22.   'आगोले जन्मोत्सव मनाउँदैन' कविताको विमोचन सम्पन्न
23.   देश दर्शनको होली कवितामय
24.   हितानको एकल कविता वाचन सम्पन्न
25.   राममणीलाई उल्काको खबर - कविता (गणेशकुमार राई)
Results 144: You are at page 1 of 6
1 2 3 4 5 6 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics