आर्ट काउन्सिलमा चिण्डो स्टुडियो आइतवार, २०७४ श्रावण ०८ गते १३:५९

जङ्गबहादुर  राई-
 
नेपाल आर्ट काउन्सिलमा बेलाबेलामा स्थापित कलाकार तथा विध्यार्थीहरूले विभिन्न किसिमका कलाहरू प्रदर्शन गर्ने गर्दछन् । जुलाई २० देखि २५ सम्मक ६ दिनको लागि काठमाण्डौ विश्वविध्यालय, विएफएमा अध्ययनरत विध्यर्थीहले कला प्रदर्शनी गरीरहेका रहेछन् । म पनि प्रदर्शनीको तेस्रो दिन पुगें । विएफए चौथो वर्षको दोस्रो सेमेस्टरको प्रयोगात्मक कार्य प्रदर्शनी रहेछ । यसमा ६ जना ग्राफिक कम्युनिकेसन र स्टुडियो आर्टमा ८ जना गरी जम्मा १४ जनाको सहभागीता रहेछ । आर्टलाई  ग्राफिक र स्टुडियो दुई भागमा विभाजन गरी प्रर्दशन गरेका रहेछन्् ।
 
म कलाकारिताको मान्छे हैन तर पनि हिमाल तथा अन्य प्राकृतिक दृश्यको आर्ट हेर्ने बानी चाहिँ छ । तर मैले सबै हलमा गएर अवलोकन गर्दा मेरो आँखालाई अभ्यस्त भए जस्तो आर्ट भेट्न सकिनँ । ग्राफिक कम्युनिकेसन आर्ट भुईतलामा र स्टुडियो आर्ट भने पहिलो तलामा प्रर्दशन गरेका रहेछन् । सबै सहभागीहरूको आआफ्नै किसिमका कलाहरू प्रदर्शन गरिएका थिए । नेपाल मण्डल, खालिङ राई, तामाङ जातिको पहिचानलाई प्रतिनीधित्व गर्ने खालका केही रहेछ भने केही चाहिँ ‘थ्रिडी’ र प्रकृति सम्बन्धी रहेछ । अर्को भने दृश्यहिनले पनि सजिलै अनुभव गर्न सक्ने स्पर्श आर्ट पनि प्रदर्शनीको मुख्य आकर्षण रहेछ । सबै कलाहरू आफैमा उत्कृष्ट रहेका छन् । कलाहरू हेर्दा मानवसमाज र प्रकृति नै आर्टका स्रोतहरू देखिन्छन् । प्रदर्शनीमा रहेका कलाहरू आफै ‘अग्र्यानिक’ छन् ।
 
मैले यहाँ प्रर्दन गरिएका सबै चित्रकलाहरू बुभ्mने हैसियत पनि रहेन र किन की म चित्रकालाको विद्यार्थी थिइनँ । मैले सबै आर्टहरू अवलोकन गरे । घुम्दै जाने क्रममा राजकुमार राईको ‘वास शिली’ सम्बन्धीको इन्स्टलेशन आर्ट हेर्न पुगियो । दुई सय ३५ वाटा साना चिण्डोबाट बनाइएको एक ‘भम’ वा पिरामिड   आकारको चिण्डो इन्स्टलेशन रहेछ  । यो प्रर्दशनीको मुख्य आकर्षक केन्द्रविन्दु नै बनेको रहेछ किन की अवलोकन कर्ताहरूले यसको ‘थिम’ सजिलै नबुझे पनि सेल्फी खिच्न खुबै सजिलो रहेछ । मैले पनि फोटो खिचें । यो एउटा फोटो स्टुडियो जस्तै रहेछ त्यसैले पनि हुन सक्छ धेरै दर्शकहरू चिण्डोको खोजिमा त्यहाँ भेटिए । राजकुमार राईसँग यस आर्टको बारेमा केही बुभ्mने मौका   मिल्यो । यो आर्ट खालिङ राईको वास (साकेला) मा नाच्दा प्रयोग हुने विभिन्न किसिमका शिली (मुद्रा) लाई चिन्डोमा पेन्ट गरेर सबै चिण्डोलाई पनि ‘वास’ नाचमा बजाइने भ्mयाम्टाको रिदमबाट निस्किने तरङगको आकार निर्माण गरिएको रहेछ जुन स्पाइरल पृथ्वीवाट माथि आकाशसम्म तन्काइएको रहेछ । साथै उक्त संरचना वास नाँच्दा प्रयोग गरिने ‘भम’ (अर्नाको सिंह) जस्तै छ जहाँ सानो विन्दुबाट ठूलो आकार बन्दै गएको छ । यहाँ ‘वास शिली’ गर्दा प्रयोग हुने सम्पूर्ण चरणहरू श्रेणीबद्ध गएिको छ । मानव उद्विकासकालदेखि वर्तमान अवस्था सम्मको सम्पूर्ण चरणहरू यहाँ एउटै रिदममा कैद गरिएको छ । चिण्डो किरात राईहरूको पहिचानको प्रतीक पनि मानिन्छ । चिण्डोलाई किरात दर्शनको प्रतीक पनि हो । त्यसैले प्रतीकात्मक रूपमा पनि यहाँ किरात राईको जीवन दर्शनको रूपमा र  अमूर्त प्रकृतिका संस्कृतिलाई पनि मूर्त रूपमा प्रस्तुत गरिएको छ । मुन्दुम किरातहरूको अलिखित संविधान हो । यो समावेशी सिद्धान्तमा आधारित पनि छ । ‘वास शिली’ मुन्दुमको एक अमूर्त पक्ष पनि हो । जुन अमूर्त तत्वलाई पनि राजकुमार राईले चिण्डोमा मूर्तता दिनु भएको छ त्यो नै राई समुदायको लागि खुसीको कुरा हो ।  ‘वास’ किरात राईको उद्विकासकालदेखि वर्तमान समयसम्मको इतिहास, जीवनदर्शन र सामाजिक संचनाको उपज हो । जुन कुरालाई वास शिलीमा प्रर्दन गरिन्छ । जसले प्रतीकात्मक रूपमा खालिङ राईको सिङ्गो समाजलाई एक पुस्ताबाट अर्को पुस्तामा निरन्तर शिलीको माध्यमबाट पुस्तान्तरण हुने गर्दछ । 
 
उभौली र उधौलीलाई खालिङ राई भाषामा ‘वास’ भनेर चिनिन्छ । यो वर्षमा तीन पटक मानिए पनि मुख्य रूपमा उधौली र उभौली नामले चिन्ने गरिन्छ । ‘वास’ प्रकृति र पितृ पूजा हो । खालिङ राई आफूलाई प्रकृति र पितृपुजक मान्दछन् । नेपालको पूर्वी जिल्ला सोलुखुम्बुको वर्तमान दुधकोशी गाउँपालिका खालिङ राईको उद्गमस्थल मानिन्छ । यो गाउँपालिको जुभिङ, वाकु, वासा, काँकु मुख्य खालिङ वस्ती हो भने दुधकुण्ड नगरपालिकाको वडा नः १ टाक्सिन्दु पनि खालिङ वस्ती नै हो । यहाँ अझै पनि व्यापकरूपमा ‘वास’ मान्ने चलन छ । ‘वास’ खालिङ राईको महान् चाड हो जहाँ एक हप्ता सम्म मनाउने गर्दछन् । वासमा सम्पूर्ण नातागोताको भेटघाट हुन्छ र जीवनका दुःख र सुखका कुराहरू सटासट हुने गर्दछन् । यसरी भेटघाट भएको खुसीयालीमा दिदीबहिनीहरू तथा दाजुभाइहरू नाँच्ने गर्दछन् । यसरी नाच्दा विभिन्न किसिमका मुद्राहरूबाट अभिव्यक्ति गर्दछन् जसलाई खालिङ राई भाषामा ‘शिली’ भन्ने गरिन्छ । तसर्थ ‘वास’को अवसरमा मानव जीवनको उषाकालदेखि अहिले अवस्थासम्म गरिने सम्पूर्ण क्रियकलापहरू तथा दुख सुुखका कुरालाई ‘वास शिली’मा अभिव्यक्त गरी नाच्ने गर्दछन् । त्यसैले ‘वास शिली’ले खालिङ राई समाजको जीवन, इतिहास र दर्शनको प्रतिनिधित्व गर्दछ । ‘वासकम’ ((साकेला घर) र ‘वासख्वाम’ (साकेलाथान) मा विभिन्न तरिकाले भम र भ्mयाम्टाको तालमा नाच्ने चलन छ त्यसैलाई ‘वास शिली’ भनिन्छ ।

खालिङ राईको ‘वास’ वास सम्बन्धी अध्ययन गर्ने क्रमहरू चलिरहेका छन् । केही अध्ययनहरू भने समाजशास्त्रीय तथा मानवशास्त्रीय दृष्टिकोणमा भएको पाइन्छ भने यस पटक चाँिह राजकुमार राईले कलाकारिताको आप्mनै चस्माले अध्ययन गर्नु भएको छ । जसले सम्बन्धित समुदाय तथा अरु समुदायका मानिसले पनि ‘वास शिली’सम्बन्धी सरल तरिकाले बुभ्mने अवसर पाएका छन् ।  ‘वास शिली’ गर्नको लागि भ्mयाम्टा बजाउनु अनिवार्य शर्त हो । भ्mयाम्टाबाट निस्किने तालमा शिली नाचिन्छ ।  भ्mयाम्टाबाट निस्किने तरङ नजिकमा निक्कै बाक्ला हुन्छ भने विस्तारै टाढिदै जादाँ पातलो हुदै सानो तरङमा आफै हराउँछन् । यहाँ पनि त्यही प्रतीकहरू भेट्न सकिन्छ की जब भुइबाट नियालेर आकाशसम्म पुग्दा एउटा विन्दुमा विलिन भएको देखिन्छ । यसरी संस्कृति पनि केन्द्रबाट प्रसार हुदै जादा ‘पेरिफेरी’मा पुग्दा निक्कै पातलिसकेको हुन्छ । जुन यो चिण्डोको पिरामिड वा भम आकारमा रहेको छ जसले  पनि समाज सामान्यबाट आज झन जटिल बन्दै गएको पनि संकेत गर्दछ । एउटा चिण्डोमा धेरै जीवनहरू अटेका छन् भने दुई सय ३५ वटा चिण्डोमा खालिङ राईको उषाकालदेखि आजसम्मको इतिहासको श्रींखला अटेका छन् । ती सबै चिण्डोको क्रमबद्धतानै समाज निमार्ण र विकास क्रम पनि हो । सायद अहिले सम्मकै कला मध्येको एक उत्कृष्ट कला हुन सक्छ जहाँ एउटै ‘सिरिज’मा जीवन दर्शन र मुन्दुम दुबै अटेको छ ।
 
 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: साहित्य/लेख
1.   आर्ट काउन्सिलमा चिण्डो स्टुडियो
2.   मौलिकता र जीवनरक्षाबिच धर्मसंकट
3.   मेला दमदार कविताको
4.   ‘जय फेसबुक’ विमोचित
5.   कविता प्रतियोगिता
6.   आँसु (कविता)
7.   ताल तलैयासम्बन्धी पुस्तक बजारमा
8.   सगरमाथा आधारशिविरमा ईन्टरनेट
9.   सवै पत्रकारले पाउलान् त बीस हजार तलव ?
10.   आउछन् जसै...(कविता/किशोर सुब्बा लिम्बु)
11.   नारी दिवस आज विश्वभर मनाइँदै, महिला अधिकार जोखिममा
12.   विहानीको घामसँगै(कविता/किशोर सुव्वा लिम्बु)
13.   “पठन संस्कृति विकास गर्छौं” सोलुखुम्बु लेखक संघ (वाकुमा चिन्डो रिडर्स क्लब)
14.   भारतले बुद्ध आफ्नो देशमा जन्मेको कुरो गर्दा मात्रै नेपालीहरू बम्किन्छन्
15.   'नेप्चीको लय' लिएर होराइजन साहित्य प्रतिष्ठानको दोस्रो आगमन
16.   गजल
17.   अनेकस वर्ष साहित्य पुरस्कार घोषणा
18.   त्यो कालो दिनमा के भयो
19.   अभियोग र स्यालफूस्रेको धनु
20.   जिमी राई उत्थान समाजद्वारा भाषिक साहित्य गोष्ठीको आयोजना
21.   पाखे (कविता)
22.   छोरी जन्मिए कालो ढुङ्गा, छोरा जन्मिए..(जुझ्दैछ त्यस्ता अहंकारी पुरुषहरुसँग-किन्जोम दिदीको चिठी )
23.   'आगोले जन्मोत्सव मनाउँदैन' कविताको विमोचन सम्पन्न
24.   देश दर्शनको होली कवितामय
25.   हितानको एकल कविता वाचन सम्पन्न
Results 145: You are at page 1 of 6
1 2 3 4 5 6 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics